काठमाडौं

8 0 0
                                    

देशको राजधानी , नेपालको गाउँ-गाउँको एक सपनाको सहर काठमाडौं। काठमाडौं पुग्नु मात्र सपना होइन , तर आफ्नो सपना पूरा गर्नु नै काठमाडौं आउनेको सपना हो।
यात्राको सुरुवात काठमाडौं ।
जीवनको यात्रा देखि बिदेशको यात्रा सम्म पुर्याउने काठमाडौं।
आज म , मैले सोचेको र देखेको काठमाडौंको कुरा गर्छु।
मैले सोचेको काठमाडौं ,
ओहो! त्यो ठुला-ठुला भवन , त्यो सबै कुरा पाइने सहर।
त्यो असनको भिड , त्यो गाडीको चाप, राती झलमल टल्केको सहर, मन्दिरै मन्दिरको सहर, मान्छेनै मान्छेको सहर।
सोच्नै न सकेको ठुला-ठुला बिद्यालय , पार्क, मल, सिनेमाघर, बर्गर हाउस, ठुला होटेल , बार, क्लब।
कहिले नरुक्ने काठमाडौं , कहिले नथाक्ने काठमाडौं ।
सधै रमाउने काठमाडौं , सधै झुम्ने काठमाडौं।
सुबिधा नै सुबिधाको काठमाडौं।

मैले बुझेको काठमाडौं ,
त्यो ठुला-ठुला भवन भित्र ती साना-साना अन्धेरो कोठा भित्र को दुख।
त्यो असनको भिड भित्र आफ्नो केही रकम बचाउन एता उता दौडको ती आँखा, ती इक्छा हुदा हुँदै पनि रोकिएका हात, थामिएका पाइला।त्यो गाडीको चापमा रोकिएका ती सपना, रोकिएका ती महत्त्वपूर्ण समय अनि कतै केही पुग्ने र पाउने हतारो।
मन्दिरै मन्दिरमा जोडीएका ती हात अनि मन्दिर बाहिर आसले थापिएका ती हात।
मान्छेनै मान्छे तर एकलो अनुभव ।
झलमल बलेको त्यो काठमाडौं , भित्र रात भरी आफ्नो सपना पूरा गर्न न चिम्लिएको ती आँखा।
बिद्यालय भन्दा ठुला ती विद्यार्थीका सपना, परिवारको पसिना।
रुक्न खोज्दा खोज्दै न रुकेका पाइला,
थाकी सक्दा पनि रुक्न न सकेको काठमाडौं ।
आसु लुकाउन हासो को साहारा लिने काठमाडौं।

हरेक यात्रा को सुरुवात नै काठमाडौं। मेरो ३/४ बर्ष को अनुभवले मलाई दिन प्रतिदिन काठमाडौं छोडेर जान मात्र भन्छ तर सपना को खोजी गर्न आएको इ पाइला सपना पूरा नगरी काहा छोडेर जान्छ र।त्यो कोटेश्वर को सडक जुन एक तिर मेरो गाउँ जान्छ भने अर्को तिर मेरो रुम।
त्यो कोटेश्वर बाट जडिबुटी को बाटो हुँदै बनेपा, सिन्धुली हुँदै जनकपुर जहाँ मेरा परिवार , छन अनि
कोटेश्वर बाट गौशाला हुँदै चावहिल जाहा मेरो रोजाई को सपना पूरा गर्ने थलो छ। मेरो आफ्नै रोजाई, आफ्नै निर्णय थ्यो काठमाडौं आउने। तर मन्न न हो , घर त घर हो😌

धेरै पछि परिवार सङ्ग family trip को मौका मिल्यो अनि मलाई काठमाडौं छोडने बाहाना। यात्रा को सुरुवात आज चैत्र २८ ,२०७८ बाट भयो। आज जनकपुर बाट परिवार काठमाडौं आउने र भोलि मुक्तिनाथको यात्राको सुरुवात हुने छ।।....

आप प्रकाशित भागों के अंत तक पहुँच चुके हैं।

⏰ पिछला अद्यतन: Apr 11, 2022 ⏰

नए भागों की सूचना पाने के लिए इस कहानी को अपनी लाइब्रेरी में जोड़ें!

यात्रा-२जहाँ कहानियाँ रहती हैं। अभी खोजें