सुरुवात

38 2 1
                                    

हजारौं को भिड मा छु । न कोहि अनुहार चिन्छु न कोहि मलाई नै चिन्छ । अधेरीमा बस्ने बानी परिसकेको ले होला ,उज्यालोमा पुग्दा अखा पोल्न थाल्छ । सानो छ्दा आमा ले भन्नू हुन्थ्यो " तेरो निधार ठुलो छ , मेरो छोरा भाग्यमानी छ "
खै भाग्य ले केही दियको केही छैन । सायद यो भाग्य भन्ने शब्द पुगेको मनिस लाई मात्र हो मलाइ हैन ।
हरेक चाहना मेरो सोचाइ बिपरित हुने गर्छ र देखावटी हासो देखायर तेसलाई आत्मसात गर्नु नै मेरो धर्म बनेको छ ।
सपनामा भने संसार जितेको हुन्छु ,साच्चै भन्दा मेरो सपनामात्र रंगिन छ तर बास्तबिकता तेहि अधारो जसको कुनै रुप रङ छैन बिल्कुल कालो ।

भुमरी को जिन्दगी Where stories live. Discover now