italy र german को रातभरको हानाहानमा निन्द्रा गुमाएको मान्छे म ! राता राता आँखा लिएर बिहान ५ बजेको गादी चद्न पुग्छु।
नगरपालिकाका फोहोर कोचे जस्तो मान्छेहरूको कोचाकोच अवस्थामा मैले सितको ब्यवस्था गर्नु कम्ती गर्वानुभुतीको कुरा थिएन।सिसाबाट धानका बाली मा तिर्मिराउदो घाम छिचोल्दै गरेको हेर्दैमा ५ मिनेटको यात्रा सायद भयो होला..
"दाइ तपाईंको सितमा वहाँ बुदिआमै लाई बसाउनुस न .. तपाईं हामी त उठेर पनि यात्रा गर्न सक्छौ नि!"
एउटा SLC मा A+ ल्याए° भनाउदो फुच्चे बोल्छ ।
आफूले हल्का तातो पारिसकेको सितबात फुत्किदै.. दोकानीर को ज्येष्ठ नागरिकमा किन बस्नु भएन तपाईं? भनेर आमैलाई मेरो प्रश्न नसकिदै फुक्छे फेरि बोल्छ!
"तेसो नभ्न्नु न.. हामीले त सेवा गर्नु पर्छ ।"रनक्क नसा फुल्नु बाकी के थ्यो.. महिला सितमा मस्तराम facebook मा like like गर्दै गरेकी एक महिला बोल्छ-"सबैको सोच तपाईंको जस्तो कहाँ हुन्छ र भाइ!"
रनक्क फनक्क तन्तन सपै भो त्यो dialogue तिन्ले मारे पछि। (ए! महिला पुरुष सम्मान हुन भन्ने .. तर महिलाहरु आफैमा चै अर्को महिलाको हित गर्ने भावना नहुने.. बिचमा अफ्थ्यारो बिचरा पुरुषहरु..लै पार्ने.. त्यो आफैले चै के हेरेर बस्या थ्यो अघि देखि)ठिक २ महिना अगाडि म त्यो innocent फुच्चेकै नजरले हेर्थे गाडी भित्रको स°सार लै।
कुरो जब घात को भयो, त्यो दिन देखि मैले सेवा को भवनाहरु कुल्चिदै गए!
"भाइ! मलाई एकदम गाह्रो भैरा'छ!
तपाईं एक क्षिण मलाई बस्न दिनु न..म नजिकै वोर्ल्ने हो..पिलिज!!
महिला हुन कम्जोर हुन्छन् थानेर "हिरो पल्तन्दै; ए! हुन्छ हुन्छ बस्नुस भनेर सित दिए।
म उनी नजिकै ceiling rod समात्दै गाडीमा झुन्देरै बसे..
पिलिजकापिलिज गरेर सित माग्ने महिलाको यात्रा साच्चिकै छोटो दुरिको रहेछ।
मैले नासोको रुपमा बस्न दिएको सितमा म बस्न पाइहाल्थे नि!; सरिसकेको थे!
आचे !! "खै,बेता एता आइजो "भन्दै..मेरो नासोमा तिन्ले अर्कै लै तान्छिन!!. दिदी यो मेरो सित हो त! म कराउने भै हाले!!
जवाफमा के आयो..
"तपाई को नाम लेख्या छ र?"
त्यो क्षण :
कागको चुच्चामै रहेको मासुको चोइता स्याले खायो!!
मेरो सेवाको भावना इरेजरले A B C D मेतिये झै मेतिदै गयो!..
मैले अन्दाजा त्यो दिन देखि लगाए कि- जे तेरो मन ले भन्छ त्यै गरेस!!
अनि त ... ok off course, sure, why not, हुन्थ, मिलेर बसौ, अलि सर्या जस्तो गरम..भन्ने शब्द दिमागबाट बसाइ सरे किनकी काठमाडौंका घर घरका कोठा भाडा महँगिए जस्तो , मैले पनि cerebellum को भाडा बदाए .. मेरो दिमाग मा तिन्ले पनि औकात अनुसार बाँस बस्वोस भन्ने मेरो बिचार हो !
चर्को मूल्य तिर्न नसकेर सायद ती शब्दहरु सस्तो cerebellum मा डेरा बसेछ्न।
हरेक कोठाको एकदिन भाडा बद्ने छ।
आज फुच्छे को घर सस्तो छ!
भोलि उस्को नि घर महँगो हुने छ!!