४• एस.एल.सी

15 1 0
                                    

ऊ गम्भीर भएको मलाई पनि हेर्न मन लागेन, म ऊ तिर हेरेर मुस्कुराइ दियेँ, ऊ पनि मुसुक्क हाँस्यो । उसले हाँस्दै फेरी अङ्कमाल गर्यो । यसपाली उसले मेरो आँखा, गाला हुँदै ओठसम्मै चुम्बन गरिदियो । उसले यो क्रिया केही बेरसम्म जारी राख्यो । म पनि आस्वस्त भएँ वा उत्तेजित उसका निधार अनि गालाहरु अनायासै चुमी दिएँ । त्यसपछि त मलाई लडाएर आफू माथि परिहाल्यो । आँखा खोल्दा उसका आँखा मेरा आँखा नजिकै थिए अनि उसका ओठ मेरा ओठ नजिकै थिए । उसले मेरा ओठ पहिले चुम्यो अनि फेरी चुस्न थाल्यो । म लाजले रातो, पिरो भएँ, आँखा बन्द गरेँ । करिब ५-७ मिनेट जति ऊ मेरो माथि चली नै रह्यो । ऊ मेरो शरीरबाट हटेको भान हुनासाथ थोरै आँखा खोलेर हिरेँ केही कोल्टो फर्केर पैन्ट लगाउँदै थियो, मैले पनि घुँडा मुनी पुगेको सुरुवाल तानेर बाधी हालेँ । लाजले उसको मुख हेर्न पनि सकिन । ऊ पनि पहिले झैँ आँखा जुधाउन सकी रहेको थिएन । मान्छे नचिनिने गरी अँध्यारो भइसकेको थियो । म हतार हतार डोको बोकेर उसलाई जाउँ पनि नभनि, उसको मुख तिर पनि नहेरी बारीको डिल-डिलै घर तिर दौडिएँ । त्यो रात मन भरी त्यही साँझको कुरा मात्र खेली रह्यो । भोलि उसको मुख कसरी हेर्नु होला, त्यही बारीमा घाँस काट्न कसरी जानु होला झैँ लाग्यो, ति मकैका बोटहरुले मलाई नाङ्गै देखे भने झैँ लाग्यो, लाजले भुतुक्क भएँ । आँखा झिमिक्क नगरिकनै उज्यालो भएको त्यो रात आजै जस्तो लाग्छ ।

त्यो घटनाको केही सातासम्म हामीले एक अर्कालाई भेट्ने साहस नै गर्न सकेनौँ । जीवनको पहिलो गल्ती भनौ या अनुभूति, सारै लाज लागेको थियो एक अर्काप्रति । करिब एक महिनापछि फेरी निराजन बाटोमा भेटियो, म पल्ला घर कि सविना भाउजुसँगै थिएँ, उसले औपचारिक कुरा गर्यो, काम, काज र स्वास्थ्य कस्तो छ भनेर सोध्यो (शायद मकैबारीको घटनाले म कतै आमा हुने वाली त छैन भन्न खोजेको हुँदो हो स्वास्थ्यको कुरोले) । मैले केही लजाउँदै भने, 'स्वास्थ्यले अझैसम्म त धोका दिएको छैन पीर मान्नु पर्दैन ।' ऊ मुस्कुरायो, सायद मेरो उत्तरको आसय बुझ्यो । मैले पनि उसको पढाई र दिनचर्या सोधेँ, उसले सबै राम्रै बतायो । धेरै समयको अन्तरालमा भेटिएको तैपनि साथमा भाउजु पनि थिइन मैले नै निराजनसँग बिदा मागेँ । ऊ पनि 'हुन्छ ल, भेट्दै गरौँला' भनेर बाटो लाग्यो । भाउजुलाई २-४ कदम अगाडि जान दिएर म केही सुस्त गतीमा हिँडे, एकपटक उसलाई फर्केर हेर्ने मन थियो त्यसैले । म पुलुक्क पछाडि फर्केँ, ऊ पनि मै तिर हेर्दै रहेछ, उसले मुसुक्क हाँसेर हात हल्लायो, म पनि हात हल्लाउँदै मुसुक्क हाँसे अनि मन-मनै भनेँ 'राम्रोसँग पढ्नु ल अनि मलाई चाँही न बिर्सिनु नि !' पाइला लम्काउदै भाउजुसँग बराबर हुन लागेँ ।

बारवाली र डायरिWhere stories live. Discover now