LyricalDreamer7's Reading List
3 stories
"अदृश्य अस्त्र"  by LyricalDreamer7
LyricalDreamer7
  • WpView
    Reads 9
  • WpVote
    Votes 1
  • WpPart
    Parts 2
शब्दहरुका नहुन्छन हात नहुन्छन पाउ, त्यही शब्दमा मलम हुन्छ, त्यही शब्दमा घाउ। न देखिन्छन् ती, न त सुंघिन्छन् कतै, तर दिल भित्र गाढा छाप छोड्छन् सधैँ। साना कुरा ठानिन्छन्, फालिन्छन् झैँ, तर एक वाक्यले नै जिन्दगी बदलिन्छ कहीं। कहिले फुलजस्तै खुस्बु फैलाउँछन्, कहिले त काँडाजस्तै छातीमा गाढिन्छन्। रिसले झर्किँदा जहरी बन्छन् ती, मायाले बोल्दा अमृत झर्छ त्यही। कसैलाई उठाउँछन्, कसैलाई गिराउँछन्, कहिले मित्र बनाउँछन्, कहिले टाढा गराउँछन्। शब्द सानो जस्तो देखिए पनि, शक्ति अनन्त लुकेको छ, यो न देखिने अस्त्र हो जसले बनाउँछ र भत्काउँछ।
 "समयका कडिहरू " by LyricalDreamer7
LyricalDreamer7
  • WpView
    Reads 7
  • WpVote
    Votes 2
  • WpPart
    Parts 2
समय हेर्न घडी नै किन चाहिन्छ र? ढल्किँदै छ उमेर, सकिँदै छन् रहरहरू, मेटिँदैछन् अधुरा इच्छाहरू, र, थुप्रिँदै छन् जिम्मेवारीका भारीहरू। यी सबै नै समयका कडीहरू रहेछन्। नियाल्न सक्नेले बुझ्छ, बाल्यकालको चञ्चलता, जवानीको जोशिलो यात्रा, र बुढ्यौलीको थकित पाइलाहरू। यी सबै समयकै चित्रहरू हुन्। यो जीवन आफैं घडीजस्तै हो, जहाँ प्रत्येक टिकले कथा लेख्छ, र प्रत्येक क्षणले अनुभूति बन्छ। समय बुझ्न घडीको आवाज होइन, मनको धड्कन सुन्न सिक्नुपर्छ।
"मनको दोधार" by LyricalDreamer7
LyricalDreamer7
  • WpView
    Reads 4
  • WpVote
    Votes 2
  • WpPart
    Parts 1
गोरि छौ कि काली, दोधारमा छु, गर्छ्यौ कि त गाली, दोधारमा छु। प्रेमको प्रस्ताव राख्न मन थियो, प्याक छौ कि त खाली, दोधारमा छु। मनको धड्कन तीव्र छ आजभोलि, तिमीलाई हेर्दा रोक्न गाह्रो छ यो बोली। प्याक छौ कि त खाली, प्रश्नले सताउँछ, तिम्रो जवाफले भविष्य बताउँछ। आशामा बाँधिएको छ यो सपनाको डोरी, के छ त्यसपारि प्रेमको झरी? स्वीकृति पाउँछु कि आँसुको बाढी, तिम्रो उत्तरको पर्खाइमा भाँडि। गोरि छौ कि काली, रंगले के गर्छ? दिल त तिम्रै नाम लिई धड्किरहे छ। गाली नै आउँछ भने पनि स्वीकार्छु, यो मेरो मनको मौन कथा तिमीलाई सुनाउँछु।