LyricalDreamer7
शब्दहरुका नहुन्छन हात नहुन्छन पाउ,
त्यही शब्दमा मलम हुन्छ, त्यही शब ्दमा घाउ।
न देखिन्छन् ती, न त सुंघिन्छन् कतै,
तर दिल भित्र गाढा छाप छोड्छन् सधैँ।
साना कुरा ठानिन्छन्, फालिन्छन् झैँ,
तर एक वाक्यले नै जिन्दगी बदलिन्छ कहीं।
कहिले फुलजस्तै खुस्बु फैलाउँछन्,
कहिले त काँडाजस्तै छातीमा गाढिन्छन्।
रिसले झर्किँदा जहरी बन्छन् ती,
मायाले बोल्दा अमृत झर्छ त्यही।
कसैलाई उठाउँछन्, कसैलाई गिराउँछन्,
कहिले मित्र बनाउँछन्, कहिले टाढा गराउँछन्।
शब्द सानो जस्तो देखिए पनि, शक्ति अनन्त लुकेको छ,
यो न देखिने अस्त्र हो जसले बनाउँछ र भत्काउँछ।