1 part Ongoing पुल मेरो मन
अध्याय १ - पहिलो झल्को
पार्टापुरको पुलमा हल्का साँझको हावा चलिरहेको थियो। म ८ कक्षाको अन्तिम परीक्षा सकेर घर फर्किँदै थिएँ। हातमा किताबको झोला, मनमा परीक्षा सकिएको राहत, अनि कानमा साथीहरूको हाँसोको आवाज।
त्यसैबेला, मेरो नजर अगाडि हिँडिरहेकी एउटी केटीमा अडियो - जुनालाई मैले पहिलो पटक राम्ररी हेरेँ। हल्का हावा उनका कपालमा खेलिरहेको थियो, उनले सेतो कुर्ता र नीलो सलवार लगाएकी थिइन्। त्यो क्षणमा मलाई लाग्यो, समय केही सेकेन्डको लागि रोकिएको जस्तो छ।
हामी एकै स्कुलका भए पनि, कहिल्यै राम्रोसँग कुरा भएको थिएन। तर त्यो दिन, उनले हल्का मुस्कान दिइन्। त्यो मुस्कान मेरो मुटुमा एउटा चिनो जस्तो अंकित भयो।
"हाय," भन्न सक्थेँ, तर शब्द मेरो ओठमै अडियो।
उनले भने केही बोलेनिन्, तर नजरले धेरै कुरा गरिन्।
पुल पार गरेपछि, हाम्रो बाटो छुट्यो। तर मलाई लाग्यो - यो भ