सुविधा वञ्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइ पहुँच विस्तार
खानलाई खाना, बस्नलाई घर, पढ्नलाई विद्यालय, उपचारका निम्ति अस्पताल, घुमफिर एवम् आवतजावतका लागि यातायात सेवा, सञ्चार तथा सुचनाको लागि विद्युत आदि नहुदाँ हुन् त कस्तो हुँदो हो जीवन? ढुङ्गे युग र यस्तो जीवनमा सायद केही पनि भिन्नता नरहला। मोबाइल, ल्यापटप र टेलिभिजन जस्ता यन्त्रहरु नहुदाँ हुन् भने हामीलाई दिन काट्न मुस्किल पर्छ। तर आज पनि कयौं यस्ता मानव समुदायहरू छन् जुन समुदायका मानिसहरू यस्ता आधारभूत सुविधाहरुबाट समेत अझै पनि वञ्चित रहिआएका छन्। हातमुख जोड्ने समस्या नै व्याप्त रहेका यस्ता समुदायका मानिसहरूमा शिक्षाको पहुँच एवम् साक्षर जनशक्तिको कल्पना गर्नु असम्भव देखिन जान्छ। कुनै पनि काम गर्नु अघि त्यो काम असम्भव नै लाग्छ तर, असम्भव शब्द आफैंले सम्भाव्यताको मधुरो किरण बोकेर आए