
समय हेर्न घडी नै किन चाहिन्छ र? ढल्किँदै छ उमेर, सकिँदै छन् रहरहरू, मेटिँदैछन् अधुरा इच्छाहरू, र, थुप्रिँदै छन् जि म्मेवारीका भारीहरू। यी सबै नै समयका कडीहरू रहेछन्। नियाल्न सक्नेले बुझ्छ, बाल्यकालको चञ्चलता, जवानीको जोशिलो यात्रा, र बुढ्यौलीको थकित पाइलाहरू। यी सबै समयकै चित्रहरू हुन्। यो जीवन आफैं घडीजस्तै हो, जहाँ प्रत्येक टिकले कथा लेख्छ, र प्रत्येक क्षणले अनुभूति बन्छ। समय बुझ्न घडीको आवाज होइन, मनको धड्कन सुन्न सिक्नुपर्छ।Tous Droits Réservés