साउने मन हिउदे नयन, मुटुभरिका माया अनि मन मस्तिस्क भरिका तिम्रा तस्बिर; मानौ मेरो मन तिमीले मन पराउने पानि-पुरी भन्दा कम छैनन् अचेल अमिलो, नुन र पिरो को सममिस्र झैँ....!!!
खै कहाँ बाट सुरु गरु मन र मस्तिस्क बीचको अन्तर द्वन्दमा पिल्सिएका यी भावनाहरुलाइ , हातहरु कापिरहेछन, धड्कन झन् झन् तेज भैरहेछ मानौ साउने झरीको उर्लदो खहरे खोला झैँ ......... तर मस्तिस्क सुन्य छ आज, भावनाको बिबसताले विछिप्त यो मनसंग हारेको छ l साच्चै नै म तिम्रो माया मा हlरे झैँ !! तर मन भने समालिदै छ भत्किएका आशाका जगहरु फेरी उकासेर सानो मायाको झुपडी बनाउने आशामा............. बिबसतामा तड्पिएको मन ,मुक्ति पाउने आशमा अन्तर हृदयमा गुम्सिएर रहेका भावनाका पोखरीहरु छचल्काउने दुस्प्रयास गर्दै छु l न म प्रेमको खेलाडी हु न त प्रेमसाहित्य को धुरन्धर लेखक, म केवल तिम्रो मन, मस्तिस्क र नयनको परिधिमा अल्झिएको एक आत्मा हु l तर न म त्यो परिधि तोड्न सक्छु न त पोख्न नै; सक्छु त केवल तिम्रो कल्पनामा छचल्किन मात्रै l अचेल म यथार्थमा भन्दा कल्पनामा धेरै बाच्ने गरेको छु ; हराई रहन्छु कहाँ हो कहाँ आफ्नै कल्पनाको संसारमा जहाँ म छु अनि तिमी मात्र तिमी .... आजकल मलाइ यो के भैरहेछ तिम्रै परिधिमा रमाउ तिम्रै लागि संसार सझाउ झैँ लाग्छ ; तर किन??? यो प्रश्न को उत्तर मसँग छैन । छन् त केवल तिम्रा ति तस्बिरहरु जुन अचल छन् तर पनि मेरो मन मस्तिस्कमा हरपल दौडीरहन्छन ,शान्त छन् तर पनि मेरो आखा सग सधै बात गर्छन l जसै जसै म तिमी लाइ सम्झिन्छु म बिर्सन्छु आफैलाइ l मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होईनौ तिमी, अहँ हुँदै होइनौ । अनि मैले आजसम्म भेटेका मान्छेहरुमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होईनौ तिमी । फेरी पनि म तिमीलाई माया गर्छु । कुनै चलचित्रको पर्दामा जस्तो तिमीलाई देख्ने बित्तिकै मलाई कुनै बेग्लै अनुभुति भएको होईन । बरु निरन्तरको सामिप्यताले तिमी कार्बन राखेर छापेको चित्र झैँ छापियौ मेरो मनमा, हुबहु चित्र जस्तै भएर l बिहानि घामको पहिलो किरण जब सितका थोपामा ठोकिदा सौन्दर्यको जुन मोहक प्रतिबिम्ब हुन्छ तिम्रो त्यो मुस्कान मेरो लागि मोति झैँ चम्केका ति सितहरु झैँ हुन्छन सुन्दर अनि रोमान्चक .. l सायद माया भनेकै येही होला तिमी उदाउदा म फुल्नु र अस्ताउद म ओइलिनु तिमी हास्दा मेरो ओठ मुस्कुराउनु अनि रुदा अनायासै आसु खस्नु l । तिमी संग भेट नभएको भए तिम्रो मुस्कान सगै उदाउने मेरो बिहानी र उदासिमा अस्ताउने ति रात हरु म सग हुने थिएनन l मलाइ के थाहा कि माया प्रेम के हो बस एउटा तिमि मिलेउ अनि जिन्दगि नै प्रेम बन्यो । मलाई थाहा छैन, मैले पाप गर्दैछु की पूण्य । अहँ म छुट्याउनै सक्दिनँ त्यो । मलाई त यत्ति थाहा छ की, म तिमीलाई प्रेम गर्न थालेको छु हिजोआज