"SHERWA"
SON OF THE MOUNTAIN
बादल भित्रबाट बादललाइ चिर्दै पिकेको दृश्य देखिरहेको छ । पिके पछाडी सगरमाथा रेन्जको सम्पुर्ण हिमालहरु चाँदीझै चम्किरहेको छ । पिके भन्दा अलि तल लोभ लाग्दो घाँसे मैदान र डाँडाहरु, वरिपरि गुराँसको जंगलले घेरिएको प्राकृतिक बगैंचा छ । पृष्ठभुमिमा ठुला ठुला पहाडहरु छ । पहाडको काखमा एउटा गोठ छ । गोठबाट
धुवाँ निस्किरहेको छ । अलि पर मैदानको एक थुम्कोमा गेल्जे चौँरी धपाउदै छ । केहि बेर पछि गेल्जे चौँरी लिएर गोठ भएको ठाउँमा पुग्छ ।गोठबाट धुवाँ निस्किरहेको छ । चौँरीको गलामा बाँधिएका घण्टीहरु लोभलाग्दो तरीकाले बजिरहेको छ...।
गेल्जे गोठ भित्र छिर्छ ।
गोठ भित्र अगेनोमा दुध बसालिरहेको छ । गेल्जेको गर्भवती श्रीमती अगेना छेउमा बसेर केही सामानहरु पोको पार्दै छ ।
श्रीमतीले गेल्जेलाइ अगेनोमा उमालिरहेको दूध ग्लासमा हालेर दिन्छ र उस्ले पोको परेको घ्यू र सुकाको च्याउको सुकुटीको पोकाहरु नजिक राखी दिन्छ र यो सामान घरमा पुर्याईदिनु भन्छ । गेल्जे आफुले खादै गरेको दुधको ग्लास राख्छ र सामानहरु गोठ बाहिर निकाल्छ । च्याउ र घिउको पोको बोकेर गेल्जे घरको लागि निस्किन्छ ।
गेल्जे तोलाकाको डाँडामा पुग्दा पृष्ठभुमि मा सगरमाथा रेन्जका हिमालहरु लोभलाग्दो देखिरहेको छ ।त्यसपछि गेल्जे एउटा गाउँमा पुग्छ । वरिपरि जंगल जंगलको बिचमा दुइटा मात्र घर भएको यो गाउँमा गेल्जेको परिवारको बसोबास छ ।
गेल्जे घरमा पुग्छ, उस्ले आफ्नो घोडालाइ घर अगाडि बाँधेर राख्छ् र सामान भोकेर घरभित्र छिर्छ । घरभित्र बहिनी अगेनोमा खाना पकाउदै हुन्छ । गेल्जेलाइ देखे पछि बहिनी खुशी भएर गेल्जे संग अंकमाल गर्छ । गेल्जेले आमालाई खोज्छ । बहिनीले आमा पुरानो घरमा गएको र एकैछिनमा आउने कुरा गर्छ । गेल्जे आमालाइ भेट्न पुरानै घरमा जान्छ । पुरानो घरको भित्तामा पुरानो फोटो फ्रेमहरु छ । एउटा फ्रेममा आमा र बुबाको फोटो छ । अर्को फोटो बुवाको हिमालमा खिचेको फोटो छ आमा बुबाको त्यो पुरानो हिमालमा खिचेको फोटो हेर्दै रोइ रहेको हुन्छ । गेल्जे बाहिरै बाट आमालाई हेर्छ र केही नभनी बाहिरै बाट फर्किन्छ ।