बाटोमा अनेक दुखको सामना गर्दै उकालो ओरालो गर्दै भिर पाखा नदिहरु तर्दै ओडार जंगलमा बास बस्दै तीन दिनमा उनिहरु लुक्ला पुग्छ ।
काठमाडौं बाट लाक्पाको सगरमाथा सरसफाइ गर्न हिडेको टोलि अर्को दिन लुक्लामा झर्छ । लाक्पा २० जना ब्यवसायिक अरोहीहरुको टोली सहित आइपुग्छ । गेल्जेले उनीहरुको स्वागत गर्छ । गेल्जेको टोलीले ग्रुपको सामान ब्यवस्थापन गर्छ र उनिहरु त्यहाँ बाट टोलीको भारी याकलाइ बोकाएर सगरमाथाको लागि निस्किन्छ ।
- अब उनिहरु नाम्चेबजार पुग्छ । नाम्चे बजारमा उनिहरु एकदिन आराम गर्छ । त्यस् पछि उनिहरु बेस्क्याम्प तिर लाग्छ । बाटोमा तेङ्बोछे गुम्बामा पुजा गर्छ । पुजामा उनिहरुले आरोहण सफलताको लागि सामुहिक प्राथना गर्छ ।
उकालो , भिरालो , हावा हुरी , हिउँ सबै दुख र आप्ठ्यारो पार गर्दै उनिहरु बेस्क्याम्प पुग्छ । क्याम्प सेट गरेर राम्रो मौसमको लागि पुजा गर्छ ।- गाउँमा गेल्जेको गर्भवती श्रीमती बिरामी हुन्छ । श्रीमानको अभावमा धेरै पिरोलिन्छ । उ साँझ पख जुन उदाउदै गर्दा हिमाल तिर हेरेर टोलाइरहन्छ । पृष्ठभुमिमा (background ) सुमधुर संगित बझ्छ ।
...
आकाशैमा जुन तारा आए पछि चाँदी झै डाँडा पाखा भएपछि तिमी आउनु मायालु म पर्खीरहने छु ...- सगरमाथा आरोहणको तयारी हुन्छ ।
गेल्जे र साथीहरु हिमाल सफाइको लागि चाइने सामानहरु बोकेर क्याम्प १ तिर अघि बढ्छ । उनिहरुले सगरमाथामा भएको फोहोर र आरोहणको क्रममा मृत्यु भएका आरोहीहरुको बेवारिसे लासहरु खोज्दै सरसफाइ गर्दै अगाडि बढ्छ ।। गाउँमा गेल्जेको श्रीमतीलाइ सुत्केरी वेथा लाग्छ ।
Bad Weather ( avalanche )
- हिमाल सरसफाइको क्रममा क्याम्प २ पुग्दा मौसम खराब हुन्छ । लाक्पाले सबैलाई खबरदारी गर्छ weather forecast अनुसार सबैलाई पुर्ब जानकारी गर्छ । सबै जना तल फर्किने तयारी गर्छ । तर गेल्जे फर्किदैन । सबै जना तल बेस्क्याम्पमा पुगिसकेको हुन्छ । लाक्पा तत्काल हेलिकप्टर लिएर गेल्जेको खोजीमा निस्किन्छ । हिमालमा हिउँ पहिरो आउँछ । गेल्जे हिउँ पहिरो भित्र हराउँछ ।।।।
गाउँमा गेल्जेको श्रीमतीले छोरो जन्माउँछ ।
आँखा खोल्दा गेल्जे कहाँ हो कहाँ हिउँ नै हिउँ को बिचमा हुन्छ । यता यताउता हेर्दा कोइ हुदैन । अनुहार पुरै हिउँले डढेको हुन्छ । आफ्नो आमा परिवार लाइ सम्झिन्छ र त्यहाँ बाट निस्किने कोसिस गर्छ र बल्लतल्ल उ बाहिर निस्किन्छ । गेल्जेकोको आँखा बाट आँसु झर्दा झर्दै जम्छ । त्यहाँ बाट निस्किन संघर्ष जारी राख्छ अगाडि बड्छ । गेल्जे झन तल खस्छ र उ एउटा लास भएको ठाउँमा खस्छ । उस्ले त्यो लासलाइ राम्रो संग नियाल्छ । त्यो लास उसैको बुवाको हुन्छ । अब गेल्जे त्यो लास लाई बोकेर तल झर्ने कोसिस गर्छ ।
-
।।।- Rescue Team आइपुग्छ ।
- लाक्पाले हेलिकप्टर बाट गेल्जे र उस्को बुवाको लास लाई उद्दार गर्छ र वेस्क्याम्पमा ल्याउछ ।।
- कर्मा र उस्को बुवाको लास लिएर उनिहरु बेस्क्याम्प झर्छ ।
वेस्क्याम्प शोक मय हुन्छ अरु अरु पनि आरोहीहरु हिउँ पहिरोमा मरेको हुन्छ ।
- गाइते गेल्जे र साथीहरू गेल्जेको बुवाको लास याकमा बोकाएर गाउँ फर्किन्छ ।Final image :
गेल्जे घरमा आइ पुग्छ ।
-
- बुवाको शेर्पा विधि अनुसार अन्त्यस्ठि हुन्छ ... जलीरहेको लासको धुवाँ संगै स्क्रिन माथि जान्छ ,
स्क्रिनमा अलपत्र शेर्पा आरोहीहरुको बारेमा एउटा सन्देश प्रबाह हुन्छ ।केहि बर्ष पछि
पिकेको डाँडामा गेल्जे र उसको छोरा याक धपाउदै छ।
छोरा
पाला अब गेल्जे हिमाल कहिले जान्छ ?गेल्जे
खै छोरा थाहा छैनछोरा
बुबाको हात समातेर हिमाल तिर हेर्दै जान्छ । बिस्तारै स्क्रिन हिमाल तिर बढ्छ ।समाप्त
।।।