नारी संवेदना माथि लेखिएको उपन्यास कायाकल्पले जिन्दगीका विभिन्न उतार चडाबहरु भोग्दै अघि बढेकी एउटा नारीको मनोविज्ञानलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । धेरै कठिन परिस्थितीहरुको सामना गरेर अघि बढेकी कायाको जिन्दगी एउटा हारको कथा हो । हुन त मैले कल्पनाजीका कृतिहरु यसभन्दा पहिले पढेको थिइन् । तर फाइन प्रिन्ट्सबाट निस्किएको पहिलो महिला कृति हुनाले पढ्ने बिचार पहिले देखि नै थियो । पुस्तक सोचें जस्तै पठनीय लाग्यो ।लेखाइ मिठो छ । भाषा सरल छ । पढ्दा कुनै प्रकारको असहज महसुस हुँदैन । कथाको प्रसङ्ग आफैमा रोचक छ । फरक छ । जुन सामान्य नेपाली समाजमा बिरलै नारीले भोग्छन होला । कायाको मिलनसार, धैर्यता, त्याग, सरलता र शान्त स्वभावले पाठकलाई एउटा छुट्टै प्रकारको आनद दिन्छ । कायाको स्वभाव प्रति नतमस्तक नभई रहन सकिदैन । कता-कता कायाको कथा पढिरहँदा सेतो धरतीकि तार
1 part