सिमसिम पानी परिरा रहेछ । त्यही कारण भएर होला कोठामा चिसो हावा बाहिरबाट झ्यालको माध्यमबाट म निद्रा नलागेको मान्छेलाई स्पर्श गर्न आइरहेको थियो । मैले त्यस चिसोलाई भगाउन पट्याएको सिरक खोलेर ओडेँ ।
अहँ चिसोले त धेरै न चुनौती दियो जुन मैले थाम्न सकिन् । सुतु न त निद्रा लागेको छैन, उठुँ त मन नै छैन् । सायद मनमा इच्छा नभए पछि केही उछारपटार लाग्न नसक्ने रहेछ ।
उठ्नै सकिन म । त्यही चिसो हावा वगिरहेको कोठामा सिरक ओडेर पल्टिनै रहे । छटपटाउन नि अल्छी लागि राखेको थियो मलाई किन हो । त्यो हावालाई म मेरो कोठामा आउन वन्द गथ्र्यो तर अल्छीपनले मलाई झ्याल वन्द गर्न नि उठ्न सकिन म । कठोर अल्छीपनको रानीले च्यापेर राखेको थिइन् । मलाई त्यसको कारण पनि हिजो राति साथीहरुसँग गरेको रमाइलो थियो । जमिनमा खुट्टा नटेक्ने खाएको भोड्का मुख्य कारक थियो यसको त्यती बेलामा सम्म दिमाग झम्म ।
(ड्याक, ड्याक)
"बाबु, उठ्ने वेला भएन भन्या ? हँ ? चाडो उठ् । घाम टाउकामाथि पुगीसके ।" आवाज ढोका बाहिरबाट आयो ।
निद्रा नि लागेको थिएन, त्यतिकै पल्टिराखेको थिएँ । अब त बाहिरबाट सिता दिदिले बोलाउनु भयो, जसकारण मलाई उठ्नलाई बल प¥यो ।
उठ्नै पर्ने भएकाले अल्छीरानीले च्यापेर राखेको सम्राटलाई उठाएँ मैले । सिरक त पट्याउँन आए त पट्याउनुथ्यो ।" त्यै भएर त्यतिकै छाड्दिए । त्यही झ्याल बन्द गर्न न्वारनको बल लगाउनु पर्ने भएको थियो अगाडि, अहिले सजिलै ड्याप्प बन्द गरेँ ।
बन्द गर्दा बाहिर केही देखे जस्तो लाग्यो, झ्याल पुछेर भित्रबाट हेरेँ । पल्लो घरको दाई काममा जान बाईक स्टार्ट गर्दै रहेछन् । त्यो देखेर मनमा कुरा खेले । केही यस्तो पानी परिरहेको बेलामा चिसो मौसमसँग लड्दै दुःख गर्न थालिसके, कोही भने चाहि बाउको दुःखमा रजाई गर्दै भर्खर उठ्दै छन् !एकछिन त मुख नि खुम्चुयाए, विरक्त लाग्यो त्यो देखेर, मनमा कुरा खेले तर भर्खर जवानीको रङ्ग चढेको १७ वर्षे ठिटो मान्छे, मनलाई एकैछिनमा सानै छुँ अझै समय बाँकी छ भनेर आगोमा पानी छरेझै मनलाई शान्त बनाएँ । अनी झ्यालको पर्दा पनि सर्र् तानेर लगाएँ ।
कोठाको ढोका खोल्दे, जसकारण सबले म उठीसकेँ भनेर देखुन र गाली गर्न सक्दैनथे । कोठामा रहेको दराजबाट कलेज ड्रेस निकाली, बाथरुम गएँ अनी फ्रेस भएर कलेज ड्रेस लगाएर बाहिर निस्केँ । बाथरुमबाट मात्र के बाहिर निस्केको थिएँ । सेलेस्टा दिदी त बाहिर टुलुक्क उभिएर बसेकी रहिछ । मेरो त अचानक उनलाई देखेर होला, सातो गयो ।
"तलाई कलेज जानु पर्दैन, बाँदर ?"
"म, ल जान्न तलाई के मतलव ?" भनेर प्रतिउत्तर फर्काएँ । खैरी, तँ मेरी आमा न बन् है, देखिनस् कलेज ड्रेस लगाएर निस्कि राखेको छुँ त ।" थप कुरा थपी हालेँ, मैले ।
सेलेस्टा मेरी दिदी हो । म भन्दा ७ वर्ष जेठी थिई । तर तँ-तँ र म-म चल्थ्यो हामी बिच । एकमद गोरी थिइन त्यही भएर म उसलाई खैरी भन्थे ।
मैले आमाको शव्द झिक्नी वित्तिक्कै उसले शिर निहुराई र केही बोलेन । मुख पनि दुखिलो बनाई तर मलाई उ प्रति माया जागेन । खुरुखुरु कोठाबाट निस्केँ ।
On Blog
No need of account...
Just copy and paste urlhttp://sh.st/3ek2B
Alternative....
http://nepalistorysurabi.blogspot.com