लजालु मुस्कान

61 1 0
                                    

मानिसको जात आँखा अगाडि देखुन्जेलसम्म माया लाग्ने त्यसपछि विर्सिने । जति टाढा त्यति माया गाढा भन्ने कुरा उखान टुक्कामा मात्र सिमित हुन्छ, दैनिक जीवनमा होइन यहाँ जति टाढा त्यति स्वतन्त्रता भन्ने लागु हुन्छ पहिले जसरी नलजाई, नडराई हिड्न थाले म । सुरवी थापा नाम मुटुमा कोरिएको थियो त्यो दिन तर अहँ अहिलेका दिनमा त्यो नाम मुटुको कुन कुनमा लुक्यो लुक्यो अत्तोपत्तो थिएन मलाई ।

म आफ्नै दुनियाँमा हराइरहेको थिएँ । सधैंझै घरबाट कलेज, कलेजबाट घर । त्यसवाहेक मेरो केही कार्य थिएन । उजाड थियो मेरो जीवन, हरियालीका त किरण पनि थिएन । हरियाली वनाउन रुख खोज्दै हिडेको पनि होइन म । मलाई त्यस्तो प्रेममा विश्वासनै नलाग्ने मान्छे थिए म ।

एकदिन फेरी कलेज सकिएर वाहिर कुरिराखेको थिएँ म । मेरो सेक्सनको चाडै विदा भयो, अरु एक जनाको एक पिरियड वाँकी थियो । वाहिर कुर्दै थिए म तर अल्छी लागेर आयो । त्यै भएर म वाइक लिएर जक्सन क्याफेतिर लागे । जक्सन क्याफेमा चिया मगाए र कलेज ड्रेसको के वेइज्जत गर्नु सोची टाई निकाले सर्टको वटन लुज वनाएँ र चुरोट मगाई, चुरोट पिउन थाले । हुन त त्यस्तो चुरोट त होइन म तर चुरोट नपिइ दिन कटाउन पनि सक्दिनथे ।

सल्किरहेको चुरोट आधा खरानीमा परिणत भइसकेको थियो । मैले नि त्यही चुरोटसँग जीवनलाई दाझँ्न पुगेँ । चलिरहेको जीवन आधा उडी सकिसकेको थियो । त्यतिकैमा एक उक गरेर कक्षामा आए जसरी केटाहरु आउन थालेँ । के थियो र सवको हातमा चुरोट र टेवलमा चिया र गफ भने, कुन सेक्सनमा कुन केटीले कस्तो गरी के लगाएकी थिई, जिस्किदा के गरी, त्यस्तै कुरा बाहेक अरु कुरा कमनै भयो, त्यहाँ । रिसवको मोवाइलमा मेसेज आयो ।

"हेर्ने पर्दैन राजा, पक्कै भाउजुको आइ लव यु टु" भनेर पठाएको होला ।" भनेर मैले रिसवलाई भने ।

आशिषले हात अगाडि ल्याएर चस ग¥यौं हामीले । रिसवले नराम्रो तरिकाले जवाफ फर्कायो । "बाबु मेसेज आउन त गलफ्रेण्ड हुनुप¥यो, अझ ग्वाँच मोवाइल त चलाउन पाउँदैन् कलेजमा, भाग्यमा लेखेर ल्याउनुपर्छ यस्तो गर्नलाई त वावु ।"

सुरबी (SUR@B!)Where stories live. Discover now