म देख्न चाहन्छु
तर म देखिन चाहन्न ।
म सुन्न चाहन्छु
तर सुनिन चाहन्न।
म स्पर्श गर्न चाहन्छु
तर छोइन चाहन्न।
किनकि, म हेर्नमा कुरुप छु ,
म सुन्नमा खोक्रो छु ,
म स्पर्श गर्नमा खस्रो छु ,
अर्थात् ऊ हेर्नमा मनोहारी छे ,
ऊ सुन्नमा पञ्चमबाची छे ,
ऊ छोइनमा कोमल छे ।
म ऊस“ग साहचर्य चाहन्छु ,
दुर्भाग्य,ः म न अकलमन्द न दौलतमन्द छु ।
म उसबाट त्यक्त हुन चाहन्न ।
विडम्वना, ऊ कहिले ममा तन्मय थिइन ।
म स्थिरतामा सजिव चाल चाहन्छु ,
तर आÏनै भावभंगीमाको यन्त्रणा गर्नमा हतुहरान छु ।
म गतिशीलतामा निष्सार विश्रान्ती चाहन्न ,
फगत मेरो परिपाकलाई स्थिरतास“ग बैमनश्य छ ।
म सम्पूर्ण बुलन्द चट्टान तोडी प्रेमपिण्ड हासिल गर्न चाहन्छु ,
यद्यपी, म विशालु भए त्यो विषाक्त होला की भनी अवाक छु ।
म सिसाको सपना सजाउन चाहन्न
जहा“ आवश्यक छ पल पल जतनले विसाउन ।
म यथार्थको धरातलमा उसस“ग कुममा कुम मिलाउन चाहन्छु ,
खयर, उसको अधर अनि नजरको तिरले गर्दा शीर झुकाउनेछु ।
म प्रेमपत्रको तस्कर बन्न चाहन्न,
जहा कृत्रिम शब्द बन्दैनन् मेरो विवशताको परिपुरक,
म उसको स्वप्नको साकार रुप बन्न चाहन्छु ।
उसको स्वाभिमान सम्मुख तुच्छ बन्न चाहन्न ,
र त उसकै लागि
मैले विपुल त्यागले सानो मोहकुटी बनाएको छु ,
जहा“ अभिमानको अनुक्रमणिका भंग छ,
जहा“ सबै सांसारिक मायाजाल अनि नाता तुच्छ छ ,
जहा“ शुष्क स्वार्थका लेश डढेर खाक भएको छ ,
अर्थात्,
जहा“ धोका अनि अपमानको ज्यालाले प्रलयाग्नि घनीभूत छ ,
जह“ा एक जोडी आत्मा सम्मिलनको सम्मोहमा संसार छाया“मा छ ,
जहा“ उसमा समाहित हुनाको लोभले दिग्भ्रममा छु ,
अनि त्यहि मोहकुटीको खोपिल्टाबाट ,
म उसलाई देख्न, सुन्न अनि स्पर्श गर्न चाहन्छु,
तर उसबाट देखिन, सुनिन अनि छोइन चाहन्न ।।
YOU ARE READING
रोशन रसिकका कविताहरु
Poesíaप्रेमको मार्ग सजिलो छैन । कठिन परिक्षाहरु पार गर्दै सफल भएको प्रेम मात्रै सफल हुन्छ । हृदयको प्रत्येक स्पन्दनमा आÏनो प्रेमीजनको नाम–गाम भुलाउन संयमको खा“चो पर्छ । गहिरो निद्रा विरलै हुन्छ र स्वप्नमा उसलाई देखिदा व्यक्तिले अपार आनन्दको महशुुस गर्छ ।...