पिकासोको क्यान्भासमा अन्तरित क्युविजम,
अनि सुफी वाककौशल,
अथवा कोलाजको सुगठित कृत्रिमता,
जीवनका कैयौ“ यस्तै आयाम माझमा
कल्पनाको फूदा“ जति नै काइदा साथ जडिएपनि
मनोभावको अभिव्यञ्जना किमार्थ भएन ।
मात्र भयो , तुच्छ मुल्याङकन
अनि खोजी बौद्धिकताको ।
एवम् रितले मानापाथीमा मात्र जोख्ने बानी परेका माझ
भाव अगणनीय – अतुलनीय भएपछि ,
अनि चरित्रको कदर नभएपछि ,
अनि सच्चा प्रेमको उद्भावना कसैबाट बोध नभएपछि,
अथवा विवशताको करुणक्रन्दनबाट राहत नमिलेपछि ,
म विद्वताको परिधि विस्तृत पार्दैछु प्रिय,
प्रिय म कवि बन्दैछु ।
साहित्याङ्ग भई परवर्ती उत्थान हैन, प्रिय
साहित्य मार्फत् आÏनै हित गर्न
नौटङ्की अनि अप्राकृतिक दर्पको सयर गर्दैछु, प्रिय
ता कि तिम्रो स्वप्नमा कैद हुनसकु“,
योग्य तिमीले मेरो योग्यताको मापन गर्नु ।
प्रिय म साध्य प्राप्त गर्ने समिकरण बन्दैछु ।
साध्य एउटै छ , तिमीलाई हासिल गर्ने
तिम्रो लागि वर्ष, महिना, दिन होला प्रिय ।
मेरो लागि उषा अनि निशा सिवाय समयको संज्ञा छैन,
अनि समय घडीको रफ्तारले खण्डित छैन ,
अथवा आत्मियता भौतिक पर्खालले टुक्रिएको छैन, प्रिय
एवम् रितले मेरो कविताको श्रृङ्खला पनि टुक्रिने छैन ,
फगतः त्यसका प्रत्येक अध्याय बिच म अक्षुण्ण उदाउनेछु अनि अस्ताउनेछु ,
तबसम्म प्रिय जबसम्म साध्य प्राप्त गर्न सक्दिन,
दर्शन नगर्ने तिमीले अवश्य दर्शन दिनु ।
नदिको तटबाट बगाइएकोले अर्को तट भेट्टाउने आशा गरे झ“ै,
अनि पतझड हेमन्त पछि पालुवामय ऋतुराज भित्रिने भरोसा झै“,
अथवा रात पछि दिन आउने प्रतिक्षामा झ“ै,
म असम्भवलाई सम्भाव्यतामा टुक्राउ“दैछु ,प्रिय
महत्वाकांक्षी तिमीले मेरो आकांक्षा पूर्ण गर्नु ।
म कवि बन्दैछु, प्रिय
भावानाकी खानी तिमीले मौनतालाई विश्राम दिद“ै कविता रच्नु
कविता,
जहा“ मेरो विद्वताको अवमुल्यन नहोओस् ,
अनि जहा“ मेरो साध्यको समिकरण बिकाम नहोओस्,
अथवा जहा“ मेरो आशाका त्यान्द्राका जड मिथ्या नबनोस् ,
हो, म कवि बन्दैछु प्रिय ।
तिमी मेरो परिपुरक कवियत्री बन्नु ,
अनि मेरो कवितालाई पूर्णता दिनु,
अथवा मलाई कवि बनाउनु ।।
YOU ARE READING
रोशन रसिकका कविताहरु
Poesiaप्रेमको मार्ग सजिलो छैन । कठिन परिक्षाहरु पार गर्दै सफल भएको प्रेम मात्रै सफल हुन्छ । हृदयको प्रत्येक स्पन्दनमा आÏनो प्रेमीजनको नाम–गाम भुलाउन संयमको खा“चो पर्छ । गहिरो निद्रा विरलै हुन्छ र स्वप्नमा उसलाई देखिदा व्यक्तिले अपार आनन्दको महशुुस गर्छ ।...