१५• निराजन

0 0 0
                                    

प्याला भरिएपछि उसले साथीलाई कोट्यायो अनि मलाई पनि खान इशारा गर्यो तिनै वटा प्याला उठे ठोकीए, मैले पनि 'मेरी क्रिशमस भनिदिएँ अनि खाएझैँ गरेँ । अब खालान् नी भनेर 'ह्याभ प्लेजर सर' भनेर हिड्न मात्र के आँटेकी थिएँ उसले मेरा नाडी समाएर तान्दै भन्यो 'बिना तिमी कसरी प्लेजर हुन्छ बेबे, ह्याभ सीट अन माई ल्याप ।' म हुत्तिएर अर्को फोनमा बोल्दै गरेको युवकका छातीमा अडिन पुगेँ, म 'सरी' भन्दै छल्किएको वियर परेको उसको कोट पुछ्न मात्र के आटेकी थिएँ उसले पुल्लुक्क मेरा अनुहारमा हेर्यो अनि मेरै खास नामबाट पुकार्यो, 'शकुन तिमी' भन्दै । १२ वर्ष अगाडि मकैबारीमा बस्दा जसै गरी, म एक्कासी चिसी भएँ, उ मेरै हराएको निराजन थियो, यतिका वर्ष बेलायत तिर पढेर नेपाल फर्केको रे ! उ हेरेको हेरै भो, म निद्रामा छु झैँ लाग्यो । मलाई एकछिन पनि त्यहाँ बस्न मन लागेन । म हतार हतार फर्केर अघि कि बहिनीलाई नै, 'त्यो टेबल हेर ल, मेरो टाउको बेस्करी दुख्यो, म निस्के आजलाई, म्यानेजरलाई भनि दिनु, म पछि फोन गर्छु' भनि निस्केँ । एक्कासी १२ वर्ष अघिको इतिहास दोहोरियो अतित बल्झियो, म बेडमा घोप्टे परेर निकै बेर रोएँ, १२ वर्ष अगाडि घर छोडेको रातमा जस्तै, अब शायद फेरी त्यो बारमा फर्कन्छु वा फर्कन्न कुनै निधो छैन । जिन्दगी फेरी अर्थहिन भो निरस भो अत्तित बल्झ्यो निराजन बल्झ्यो, जिन्दगीले भोलि कहाँ र कोसँग भेट गराउने हो डर मात्र लागेर आयो । रातको २ बज्न आँटी सक्यो आँखामा निन्द्रा छैन, म झ्यालबाट काठमाडौँ नियाली रहेछु, हजार कोल्टे फेर्छु तर यो जस्ताइ निदाउन सक्दिन । अनि मन मनै भन्दैछु काठमाडौँ तिमी यत्तिकै निदाइराख्नु ल, भोलि उज्यालो नहोस् ताकि जिन्दगीले फेरी अर्को भेट निराजनसँग नगराओस्, अतित नबल्झाओस्, (अनि मन मनै भनेँ 'मेरी क्रिशमस माइ डियर निराजन ')

हरेक शब्द, शब्दमा आँखा डुलाउँदै म खाली पानामा पुगेर रोकीएँ । अब डायरीको पछाडिको बोक्रो भेटाउन मात्रै ३(४ पाना हुँदो हो, तर कोरा थियो । क्रमशः तिनै रित्ता पानाहरू पनि छोचोल्दै म कभरमा ठोक्किएर मात्रै रोकिएँ, दोस्रो मैनबत्ती पनि आफ्नो कम्मर भन्दा तलै पुगेर बल्दै रहेछ । साथी, करीब २ घन्टा अगाडि नै सुतेजसो गरेपनि अझै सिरक भीत्रबाट मोबाईलको उज्यालो धमिलो देखीन्थ्यो सायद जिउँदै थियो होला । उसकी प्रेमीकासँग बिदा मागेर शुभरात्री भन्न नपाउँदै उसको मोबाईलको पैसोले शुभरात्री भनेको हुनुपर्छ । उ अधुरो मन लिएर कोल्टो फेर्दैछ । उता उसकी प्रेमीका ब्यालेन्स हुनेहरूका दिनचर्या सुन्दै होली मेरो अनुमान । अहो ! प्रेमी, हुनेलाई पनि तड्पाएकै छ अनि, नहुनेका त झन् के कुरा तड्पिएरै दिन रात कटाउनु पर्ने । आगोको उज्यालोमा पुतली हुम्मिए झैँ, झुम्राको आगोलाई रातो देखेर समाउन खोज्ने बच्चा झैँ मानिस जिद्दी भएर सधैँ प्रेममा रूमलिन्छ, कल्पिन्छ, तड्पिन्छ, खैर, कति सफल पनि भएका छन् । तर मेरा आँखा अगाडिको प्रेमले निन्द्रा खोसेको छ । उ अझै निन्द्रामा झैँ गरी बढो विस्तारै कोल्टो फेर्दैछ । उ आफू अनिँदै भएको देखाउन चाहन्न, म बुझ्छु प्रेम गर्नेहरूका पिडा । मैले मैनबत्ती फुकेर निभाएँ । अब सुत्नु पर्छ । भित्तातीर कोल्टो फेर्दै सोचेँ, कतै बारवालीले आज मलाई पनि रूम पार्टनर जस्तै कोल्टे फेरिरहनु पर्ने पार्ने त होईन ? हैन, म सुत्छु, अब निन्द्रा देवीको काखमा पल्टन्छु, म घम्लुङ्ग सिरकले मुख ढाक्छु । तैपनि बारवालीको अनुहार सिरक भरी सिनेमा हलको पर्दामा झैँ देख्छु, उसका हरेक क्रियाकलाप चलचित्र झैँ फटाफट सर्दैछन्... ।

बारवाली र डायरिOù les histoires vivent. Découvrez maintenant