२• नामको यात्रा

25 2 0
                                    

त्यति सुन्दर युवतीको पर्सनल डायरीमा के लेखिएको होला भन्ने कुराले मलाई निकै उत्सुक बनायो । मानौँ त्यो डायरीमा अक्षर नभएर उसैका अङ्ग नै छन् कि जस्तो । म केही बेर मै रूममा आइ पुगेँ । साथी फोनमा खै के गनगन गर्दै थियो, सायद कुनै गम्भीर विषयमा गफ हुँदो हो । हुन त यो जाबो प्रेमको जातै यस्तो, प्रफुल्लता भन्दा गम्भीरता बढी, हाँसो भन्दा आशु बढी । खैर जेसुकै होस् भन्दै मैले गोजीको लाइटर झिकेर क्यान्डलमा झोसेँ । कोठा उज्यालो भो अनि खाटमा घोप्टो परेर डायरीका पाना उघार्न थालेँ, सायद उसको पहिचान कतै उल्लेख छ कि भन्ने आशमा ।

'सपना' पहिलो पटक बार छिर्दा ढाँटेर दिएको परिचय, विस्तारै त्यही पहिचान अनि हिजोआज बारको दुनियाँको महङ्गो अनि मसहुर नाउँ । बारमा बोलाउनको लागि एउटा नाउ मात्र भए पुग्यो पछाडि जातीय पहिचान जनाउने कुनै पुछर झुन्डाइ राख्नु नपर्ने । उसो त मेरो कक्षा ८ सम्मको सर्टिफिकेट र नेपाली होस् भनेर दिएको नागरिकता प्रमाणपत्रमा सकुन्तला कुमारी शर्मा लेखिएको छ । जीवनमा आजसम्म यो समाज र सरकारले दिएको पहिचान कहीँ काम लागेन, क्रमशः एकएक टुक्रा अर्थहिन लाग्यो र हटाउँदै गएँ । अन्त्यमा बार छिर्नुताका त्यही 'सकुन्तला' मात्र पनि भन्न लाज लागेर 'सपना' भनिदिएकी ।

१२ वर्षपछि आज फेरी उसले अतीत बल्झाइ दियो । आकाशमा जुन हराएर घाम उदाउँन आँटी सक्यो तर मेरा आँखामा निन्द्रा आउने कुनै सुरसार नै छैन । करिब ५०० को हाराहारीमा घरधुरी रहेको सिन्धुपाल्चोकको बिकट गाउँ शिखरपुरबाट रत्नपार्क हुँदै ठमेलको आजको बारसम्म आइपुग्दाका घटनाहरु सबै-सबै मस्तिस्कमा फिलिमका रिल घुमे झैँ घुम्न थाले । जिल्ला नफर्केको पनि १० वर्ष भइसक्यो । फर्कनु पनि कसका लागि । अविवाहित केटी, परिवारले 'तँ हाम्रा लागि मरिस्' भनेको पनि थुप्रो भइसक्यो । पहिले-पहिले त आमा आक्कल झुक्कल गाउँको पिसिओबाट फोन गर्थिन् तर हिजोआज उनले पनि दाइ-भाउजुको कुरा सुनेर होला फोन गर्न छाडिन् । मेरो जे छ जायजेथा, इस्ट-मित्र सबै यही बार र काठमाडौं मै छन् । कति तीज र तिहार गए न आमाले छोरी खोजिन् न दाजुभाइले चेली । सम्झेर ल्याउँदा मरुँ कि बाँचू हुन्छ । मरेर के नै जितिन्छ र मरिहाल्न पनि मन लाग्दैन । एक्लै भए पनि काल लिन नआउँदासम्म भए पनि बाँच्नु पर्ला भन्ने अठोट बोकेकी छु । आँखा एक झिमिक पनि मार्न तैयार छैन । जिन्दगी आँखा अगाडि घुमि रह्यो आज मन घरी 'सपना' त घरी 'सकुन्तला कुमारी शर्मा' बन्दै घुम्दैछ, पुराना सबै यादहरु ताजा पारेर ।

बारवाली र डायरिHikayelerin yaşadığı yer. Şimdi keşfedin