अनिदा“े अस्थिर मगज अनि चञ्चल मनले यान्त्रिकता भन्दा पृथक् पूर्वगामी स्मृतिको वर्णातित अनि अगम्य सफर गर्दैछ । विनिद्र मेरो पार्थिव शरीर जाग्रत नै छ तर सम्पूर्ण चेतना, प्राण अनि पौन कल्पनामा लिप्त छन् अनि कल्पनाको तुरीय आवहवाले मलाई औसत पुरुषबाट माथि उक्लन उध्र्वचाप दिदैछ । कल्पनाको जलप्रवाहमा आकण्ठ अभ्यस्त हुदा गर्मी–शर्दी, जीवन–मरण अनि जय–पराजयमा कुनै भिन्नताको महशुस ह“ुदैन । सम्पूर्ण तन्तुले स्थिरता पाए पछि कल्पनाको वक्रताले असम्भव गल्पमासमेत सम्भाब्यताको प्रादुर्भाव हुन्छ अनि त्यो जति जटिलतातर्फ उन्मुख हुन्छ उति नै वस्तुथितिले वास्तविक रुप लिदै जान्छ । घोर तपस्यामा झै“ चरमसिमाको आत्मानुभूति संगाले पछि स्मृतिका थुप्रोबाट पूर्ण बहिर्गमन हु“दा क्षणभङ्गुर सांसरिक भौतिकताबाट अजिर्ण हुन्छ ।
कल्पनाकै कारण पाशविक मानवको सात्विक रुपले मूर्त जीवनवृति पाउ“छ । सोच्ने कार्यमा विपूल सहुलियत हामीस“ग छ । सोचको किस्ताबन्दीमा गस्ती गरे पनि त्यो तपाईको नितान्त नैसंर्गिक अधिकार हो अनि वैयक्तिक भै जे जस्तो रुपमा सोचको होलसेलमा क्रय गरेपनि त्यो वाञ्छनीय अनि उचित छ । प्रियजनबारे भग्नोत्साहलाई पानीदार हृदयले एकठ्ठा पारी शीशमहल निमार्ण गर्ने कल्पनामा लिन हुदा“हुदै मनुवाले चरम सिमाको गमन गर्छ र विछोडलाई पनि प्रेमको सार्थकता मानिएको छ । प्रत्येक पल एकपटक गहिरो श्वास तान्नुहोस् अनि छाड्नुहोस् । प्रत्येक एकाध मिनेटमा हा““स्नुहोस् अनि ह“साउनुहोस् । प्रत्येक प्रहर एकाग्र भई सोचमा डुब्नुहोस् । जो मान्छेले सोच्ने शक्तिको उपयोग गर्दैन उसैलाई ऐठन हुन्छ अनि उ यत्रतत्र भड्किन्छ ।
केही व्यक्ति अत्याधिक सोच्छन् । मनमा धेरै कुरा खेलाउछन् तर व्यवहारमा भने सोचको ठीक प्रतिलोम हुन्छ । केही चिन्तनशील व्यक्ति सदैव अवाक् हुन्छन् । अनि वाचस्पिहरुले पनि सोचरिक्तताको बाबजुद मनगढन्ते कुरा गर्छन् । उचित के हो भने गलत सोच्नुहोस् तर असल कार्य गर्नुहोस् अथवा बिना काम स्थिर हुनुहोस् । सोच्दैमा तपाईलाई उच्चतम् सन्तुष्टि हुन्छ भने तामसी भाव मनमा खेलाउन समेत अनुचित होइन । बौद्धिक ब्यक्तित्वहरुले रुचि नभएको विषयमा असफल हुनु पनि अनुचित होइन। किनकि रुचि नभएको विषयमा दिमाग खियाएर तपाईको रचनात्मकता शुष्क हुनुह“ुदैन । तपाईको मस्तिष्क स्मरण गर्न मात्र विधाताले रच्नु भएको होइन तर तर्क, कल्पना, अन्वेषण अनि अनुसन्धान गर्न रचिएको हो ।
कल्पनाका सोपानहरुमा आरुढ हु“दा एउटै व्यक्ति गोहारमा पतन भएको सोचिन्छ तर कहिले विषयान्तर ह“ुदै व्यक्ति सुनामीको उत्तुङ्ग तरङ्गमा नर्तन गरेको देख्न सकिन्छ अनि उच्चतर हिमचुलीमा शयन गरेको महशुस गर्न सकिन्छ । त्यसैले सोच हाम्रो अभ्यन्तरको परावर्तन हो । चरचराचर जगत्का अनन्य सत्यहरुको अस्तित्व बुझ्न कल्पनामा अभ्यस्त भएकै कारण गुरुत्वशक्ति, विद्युत, सापेक्षताको सिद्धान्त जस्ता भौतिक चीजको उदय भयो । त्यसैले सोचरिक्त मानव सफल हुन सक्दैन । त्यसैले प्रभावकारी रुपमा तिनको अरु व्यक्तिस“ग आदानप्रदान गर्नुपर्छ अनि जीवन जगत्को सम्भरण गर्नुपर्छ।
आप पढ़ रहे हैं
सुनसान यात्रा
Hài hướcकट्टर भौतिकवाद र उदार अध्यात्मवाद बीच क्षितिज बनि साइनो गास्ने किसिमका निबन्धहरुको सङ्कलन गरिएको हुँदा ‘सुनसान यात्रा’ सम्पूर्ण उमेर समूहका साहित्यानुरागीहरुको लागि रुचिकर साहित्यक खुराक बन्नेमा विश्वस्त छु । कास म प्रेमार्द गीतको मझेरीमा आफुले चाहे...