नचाहिने पाचौटा कुराहरु

220 3 0
                                    

निस्सार जीवनको कुन कालखण्डदेखि नया“पनमा लिप्त हुनाको लालसा उदय भयो, कुन्नि † तथ्यको आकलन गर्न अक्षम छु । विडम्वना, सोच मात्रै भएर हो की अद्यापि म पुरानैचर्यामा चल्दैंछु । योजना जति पनि बनाउछु ती सबै पुरा हुन्छन् र भएनन् भने केही पनि ह“ुदैन । म हैरान हुन्न किनकि आÏनो अपूर्णताप्रति जानिफकार हु“दाह“ुदै त्यसको बाबजुद दिउसै कल्पनामा डुबेपछि दुःस्वप्न आउ“छ नै । त्यस किसिमका दर्दबाट प्रताडित हु“दा म मित्रहरुको डफ्फासहित प्रकृतिको त्यो नुकमा जान्छु, जुन निर्जन भूमिमा म आफ“ैलाई सर्वश्रेष्ठ ठान्न सक्छु अनि तसल्ली हुन्छ कि मस“ग प्रकृति छ ।  त्यसबाहेक म व्यथाको ओज पानाहरुमा स्थुलीकरण गर्छु । वितत आयतनमा फंैलदा ती बोझ नगन्य जस्ता देखिन्छन् म वैयक्तिक भई प्रस्तुत हुने दैनिकी डायरीमा आफै“लाई वचनमा समाहित हुन आदेश दिन्छु । वचनमा यति आदर्श चिज हुन्छन कि अध्ययनको ठेक्काले गर्दा होला म ती वाचाको कार्यान्वयन गर्नमा हत्तुहरान हुन्छु ।

जब मलाई कसैप्रति रिस उठ्छ । तब हा“स्न मन लाग्छ किनकि मलाई क्रोधित भए पछि क्रोध निभाउन हम्मे हम्मे पर्छ । म अनि चिठ्ठी लेख्छु त्यस व्यक्ति वा घटनालाई मुखतोड बदलाको ऐलान गर्न पटक–पटक पढ्छु अनि च्यातिदिन्छु र सबैभन्दा कठिन मित्रलाई चिठ्ठी कोर्न हुदो“रहेछ । मैले करिब दर्जन मास पछि एक पत्र मित्रलाई जवाफ पठाए किनकि मित्रताको भावको परिपूरक बोक्रे शब्दहरु ह“ुदा रहेनछन् । अनि आज खोइ कुन विलखबन्दमा पर्दा यो रचना तयार पार्दैछु, थाहा छैन ।

रोकड र रोगन नभएका लट्टुहरु  रोमान्स र रोमाञ्चको लागि डिस्को क्यासिनो धाउ“दैछन् । अनि कृष्ण हिस्सीहरु ब्लयाक्ब्यूटि बन्न कम्मर माथि–मुनि अङ्गप्रदर्शन गर्दैछन् । धन्दा र धन्धामा तन्मय नहु“दा तरितन्नम भएका लाचारहरु तनखा नबढेकोमा तनहा छन् । ब्याङ्क ब्यालेन्स निल भएकाहरु टकको टठ देखाउ“छन्, मानौ“ टनौ“–टन रोकडा अल्मारिमा छ । बेरोजगारहरु समाजवाद, साम्यवाद, पू“जीवादको वकालत गर्छन् अनि प्रत्येक संज्ञामा  “वाद”  प्रत्यय टा“सी वादी बन्दैछन् । लामावाद, बाहुनवाद जस्तै वाद–विबाद बढाउन कति वाद नेपाली शब्दकोषमा थपिने हुन्स त्यसको अन्दाज गर्दा कति वंशज बाद मापन यकिन हुने हो , कुन्नि † प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र जस्ता षड्यन्त्रहरुकै स्थापना अनि प्रस्थिापना गर्दैमा नेपालीहरु तान्त्रिक समान प्रचण्ड भएकाछन् । समयको बर्बादी गर्न नै स्मार्ट नव युवायुवतीहरु मर्ने–मार्ने वाचा गर्दै मिथ्या प्रेमको ब्ल्याक एण्ड ह्वाइट कोरा कागजमा फ्रेम भर्दैछन् । त्यसैले त मेरो पारा तातिएको छ ।महाकविले पा“च वटा चाहिने कुराहरुको वर्णन गरे आज म पा“च वटा नचाहिने कुराहरुकोखुलासा गर्दैछु । ती चिजहरु हुन्ः–हिनताबोध, अहम्, भय, इष्र्या अनि क्रोध।

आÏनो स्टेटस्स“ग ग्लानी महशुस नगर्नुहोस् । उल्लुले उषाको लालित्य देख्न पाउ“दैन भने लालिमाको के दोष † परब्र≈मले ललाटमा जे लेखे त्यसको हर्जाना कहा“ पाइन्छ र † जे जस्तो आवहवा छ , त्यसैमा मनुवाले शिशमहल निर्माण गर्नुपर्ने नियति मकर्रर छ । त्यसैले मुआब्जाको लिप्सा त्यागी आÏनो लगानलाई बुलन्द पार्नेपर्छ । नत्र सोचेको जस्तै तथास्तु कहा“ हुनसक्छ र ? स्टेटस् भएकाले पनि आ“प खान आ“पको रुख मुन्तिर मुख आ“ गरेर बस्दैमा फल खस्छ र ? त्यसैले नसिवमा कम परिश्रममा ज्यादा विश्वास राख्नैपर्छ ।

गुण नभ।लाई लोकले वर्णन गरे ऊ गुणवान बन्छ तर इन्द्रले समेत स्वयम्को प्रशस्ती गाए उसमा लघुताको उदय हुन्छ । अहम्को नशामा हठी बन्नु भनेको शत्रु बढाउनु अनि आफन्त घटाउनु हो । प्रलयको त्रास, रोजीरोटीको जोगाड नहोला कि भन्ने भय अनि प्रियजनको प्रेम नपाइएला कि भन्ने चिन्ता यी सबैस“ग चलाखी गर्नुपर्छ । जबसम्म मनमा भय आउ“दैन तबसम्म त्यसबाट डराउनु पर्छ । अनि जब आउ“छ तब निशिदिन त्योसं“ग लड्नुपर्छ । त्यस्तै इष्र्या गर्दैमा कसैको खति अनि तपाईको उन्नती हुन्छ र ? त्यसैले, कसैको निन्दा नगरी स्पर्धाको लागि सक्रिय हुनुहोस् । सुस्त मानिसस“ंग सरस्वती अनि लक्ष्मीले मिठास मिजास पाउ“दैनन् ।

क्रोधको उन्मादमा मानिसहरुको गुप्त चिजहरुको खुलासा मात्रै हु“दैन मानिसहरु चोथालेको संज्ञा दिदै उसको धननाश भएको वा मनको शान्ति भङ्ग भएकोमा उसको मजाक पनि उडाउ“छन् । विषवमन गर्ने शक्ति तपाईमा छैन् । त्यसैल,े फुस्रो आडम्वरले न तपाइले कसैलाई दण्ड दिन सक्नु हुन्छ न त अरुको प्रसन्नता वा धन अनुग्रह गर्न सक्नुहुन्छ । जीवन महोत्सव हो । जीवन अरण्य रोदन होइन । जीवनोपयोगी सिपहरुको विकास गर्नुहोस् अनि महफिल रसिलो बनाउनुहोस्।

सुनसान यात्राजहाँ कहानियाँ रहती हैं। अभी खोजें