आधुनिक कलिकालका मानव

118 3 0
                                    

भविष्यको फिक्रीमा वर्तमानमा रुग्ण भएर जिउ“ने र विगतको विस्मृतिले सताइरहेको आजको मानवहरुको जिउ“दोपना सुखद आगतको कल्पनाको अस्ताचलमै अस्त हुन्छ । अन्य मानवस“ग साझेदारी गरी अघि बढ्दा औलादौला कमाउन मानवहरु कलुषित भाव बोकी दुराचारको पथमा अग्रसर हुन्छन् । गफाडी, कुरौटे, ठग, आदि अर्वाचिन मानवका लागि सर्वाधिक उचित उपमाहरु हुन । दुर्भाग्यवश ः केही मानवहरुको दिनचर्या कल्पनालोक अनि भावनात्मक सागरको जलप्रवाहमा अभ्यस्त भई आकण्ठ डुबेर तिनको उन्नतांश र गहिराइ नाप्नमा नै व्यतित हुन्छ र भोगविलासमा लम्पट भएकै कारण कतिको स्वास्थ्य प्रतिकुल बन्दै गएको छ ।

छोटकरीमा भन्नुपर्दा आज मानवलाई बुझ्न र बुझाउन सरल छैन । यस जगतमा सम्पूर्ण मानव आÏनो बिचार अरुमा लाद्न खोज्छन् । जब म कसैको चेहेरा हेर्छु , तत्क्षण मेरो मस्तिष्कको वजन वृद्धि भए झै“ लाग्छ । यह“ाको प्रत्येक रहस्यमय चेहरा अनि अवचेतन मस्तिष्कमा विचाररुपी ज्वालामुखीका लाभाहरु छन्, जो विल्कुल मत्थर हु“दैनन् । कोही भने आदर्शवान हुन्छन् र कुनै पनि कुरा गोप्य राख्दैनन् । अनि व्यक्तिगत निर्णय समेत अरुको सहयोगबाट गर्छन् । कोही आÏनो पिडा मेघ झ“ै प्रलयकारी भएर विस्फारित गरिरहेका हुन्छन् । अनि कोही भने तिनलाई नपग्लिने हिम सरह स“गालेर राख्छन् ।

जब हामी कसैस“ग चिनाजानी गर्छाै किन–किन कसैस“ग हामीलाई समय बिताइरहु“ु लाग्छ अनि कोहीस“ग भने नाकमुख छोपेर हि“ड्न मन लाग्छ । हामी मध्ये धेरै अनावश्यक व्यक्तिस“ग समय नष्ट भइरहेको बारे समेत अनभिज्ञ हुन्छौ“ । शत्रुता, मित्रता, दया र प्रेमको परिधिको विस्तृतिको आकलन गर्नु वयस्क बुज्रुकको लागि समेत कठिन कार्य हो । आज मानव नितान्त व्यक्तिवादी ह“ुदै गएकोछ । आज हामी सामाजिक बन्धनहरुलाई तुच्छ ठान्दछौ“, स्वभाष–स्वदेश–स्वजातिको परित्याग गर्छौ ।  वर्षौैदेखि समिपमा रहेका व्यक्तिहरुलाई समेत उपहास गर्छौै । मानव जीवन आदिम युगमा नितान्त एक्लो थियो र आजका मानवहरु यो कङ्क्रिटको जंगलमा फेरी त्यही युगमा प्रविष्ट हुद“ैछन् । केही सिमित अवधिको अन्तरालमा अमुक व्यक्ति अनि अमुक ठाउ“को मात्र नभई प्रत्येक व्यक्ति अनि समाजमा कायापलट भएको छ । ती क्रान्तिहरु कतिको उचित अनुचित छन् । त्यसको सुक्ष्म विश्लेषण गर्दा ब्यक्ति पिच्छेको मुल्याङ्कनमा आकाश पातालको फरक हुनसक्छ । जेहोस्् भर्खरै त हामीले एक्काइसौ“ शताब्दिमा कदम चालेकाछौ“ । अभै“m लामो कलिकाल शेष नै छ । अनि यो कलिकालमा के के रमिता रचिनेछन्स त्यो पनि कल्पना  कै विषय भयो ।

सुनसान यात्राजहाँ कहानियाँ रहती हैं। अभी खोजें