आज मानिसहरुको उन्नतीलाई भदौको भेलसंग तुलना गर्नु युक्तीसंगत छ । भेल अचानक आउ“छ अनि केही समयमै सुक्छ । अनि बगरमा कमिलाहरु चलायमान हुन्छन् । धन प्रतिको अतिशय सम्मोहको कारण अस्वच्छ प्रतिस्पर्धा गर्नेको परिणति त्यस्तै हुन्छ । जग्गा जमिनको किनबेच गर्ने, सानदार–आलिशान महल बनाउने, गरगहना सञ्चय गर्ने जस्ता भोग विलास तर्फ लम्पट हुनु आधुनिक सभ्यता अनि बेथिति संस्कारको उपच हो । प्रसङ्ग नातावाद, कृपावाद, चम्चागिरी अनि घुसखोरी कै हो ।
कसैको असिम निगाह वा कृपा पाएर अधिकाधिक मानव उच्च तह तप्कामा नपुगेका होइनन् । तर मनन गर्नु पर्ने कुरा के हो भने त्यस्तो उन्नती दीर्घ हुन सक्दैन । सोचाइमा नविनता अनि गराइमा प्रविणता नल्याई आलस्यको भकारी भई सुगम स्वप्निल भविष्यको कल्पना गर्नु पूर्वीय क्षितिजमा फलको आशा गर्दै एकोहोरो हेरे समान हो । हामाी कसैको बचन र कर्मबाट उसको दृष्टिगोचर गर्न सक्छौ । अयोग्य वा अपराधी मानसिकता सूर्यको दीपक समान सर्वत्र विस्फारित भएर आउ“छ नै । थोरै समय र थोरै लगावबाट प्रशस्ती चाहने कलुषित भावकै कारण कोही दुराचारको पथमा अग्रसर भई क्षणिक समयको लागी औलादौला कमाउन सक्छन् । तर, त्यस्तो उन्नतीको अहम्–अहंकार गर्नु निरर्थक हुन्छ । सहायक अनि सहयोगीको अपर्याप्तताकै कारण क्षमता छा“यामा पर्ने परिपाटी नेपाली समाजमा ब्याप्त छ । मद्दत गर्न कोही पनि उद्दत नभएपछि उर्वर युवावस्थाका तन्नेरीहरु कहिल्यै नभरिने पेटको खाडल भर्न अनैतिक अनि अवैधानिक कदम चाल्न विवश हुन्छन् ।
निराशामा आशा गर्नु भन्दा कसैको सहयोग पाएर अघि बढ्नु उचित ठानी लाचार वयस्कहरु सोर्स–फोर्सको चक्करमा पैसाको खोला बगाउन थाल्छन् । विडम्बना, जागिर प्राप्त गर्न मात्र हैन, शैक्षिक योग्यताको प्रमाणपत्र समेत प्राप्त गर्नु कृपावाद अचुक विकल्प बनेको छ । युवाअवस्था जीवनको सर्वाधिक उर्वर अवधि भएकै कारण राष्ट्र विकासमा शीघ्रता वा विलम्ब हुनुको कारक पक्ष युवा परिचालन नै हो । भागवत गिताको निष्काम कर्मयोगले “कर्म गर, फलको आशा नगर” भनि निर्दिष्ट गरेको छ । तर यसलाई पृथक रुपमा भन्नुपर्दा “कर्म गर, फलको पनि आशा गर” भनिनु पर्ने हो ।
दुर्भाग्य यहा“ “कर्म नगरि फलको आशा गर” भन्ने किसिमको मानसिकता बेकम्मा युवाजमातमा हावी छ । युवाहरु भनेका राष्ट्रको सक्रिय पुजी हो । विडम्बना, दरिद्रता र पौरख गर्न सीप र जा“गरकै कमिका कारण उनीहरु कि त अनुचित क्रियाकलापमा संलग्न हुन्छन्, कि त राजनैतिक पार्टीको झण्डा बोकी बात चुट्न माहिर हुन्छन् । जबसम्म प्रत्येक युवा इमान्दार भई राष्ट्रियता शब्दमा अन्र्तनिहित पार्थक्यलाई श्रम, सृजना र चिन्तनमा रुपान्तरण गर्दैनन् तब सम्म ती यावत विसङ्गित राष्ट्रको दुर्गतीको परिसूचक बन्नेछ ।
संसारमा सबै व्यक्तिको समान प्रगति सम्भव छैन । अथवा सबैलाई समान अवसर दिन सकिन्छ । यद्यपि राजा–रङ्कदेखि यस चराचर जगत्मा प्रत्येक कुनाकाप्चा अनि तह तप्काका व्यक्तिको समान प्रगति केवल सिद्धान्तमा सीमित छ । तर्सथ प्रगति गर्न स्वयम् तत्पर रहनु पर्छ । जुनसुकै क्षेत्रमा संलग्न भए पनि जस्तोसुकै वाधा–विघ्न, विरोध, कलह अनि विछोडको बिरह इत्यादि आइपरे पनि भविष्यप्रति अत्यन्त उत्तरदायी भई पथभ्रष्ट नभई प्रगतिपथमा बढ्नैपर्छ । अनि भाग्यमा विश्वास गर्नु आÏनो खुट्टामा आफै“ बञ्चरो हान्नु हो ।
श्रमलाई धेरै भागमा वर्गिकरण गरिएको छ । तर सबैको पसिनाको मूल्य उत्तिकै हुन्छ र कुनै पनि पेशा आफ“ैमा निच–उच हु“दैन भन्ने व्यहोराको मानसिकताको विकास गर्नु पनि प्रगतिशील व्यक्तित्वको अभिन्न अवयव हो । नराम्रा व्यक्तिहरु कद्दापि सुखी हुन सक्दैनन् । किनकी उसको आÏनो सन्तानले जब उसको नैतिकता माथि शङ्का गर्छ तब त्यो अबोध सन्तानलगायत कठोर हृदयका अभिभावकहरुमा हीन व्यक्तित्वको प्रादुर्भाव हुन्छ । जसको परिणति निल्नु न ओकल्नु हुन्छ । त्यसको प्रतिलोम दरिद्र नै भएपनि सचेत एवम् पौरखी व्यक्तिका सन्तानमा कर्तब्यनिष्ठ बन्ने सत्प्रेरणा जाग्छ । तसर्थ, कस्तो उन्नति छान्ने आजै सर्तक होआ“ै । शुभेच्छा गरा“,ै कसैको उन्नती भदौंको भेल जस्तो नहोवोस् । भदौंको भेल जस्तो उन्नतिमा कसैको लालच नहोओस् ।
आप पढ़ रहे हैं
सुनसान यात्रा
Humorकट्टर भौतिकवाद र उदार अध्यात्मवाद बीच क्षितिज बनि साइनो गास्ने किसिमका निबन्धहरुको सङ्कलन गरिएको हुँदा ‘सुनसान यात्रा’ सम्पूर्ण उमेर समूहका साहित्यानुरागीहरुको लागि रुचिकर साहित्यक खुराक बन्नेमा विश्वस्त छु । कास म प्रेमार्द गीतको मझेरीमा आफुले चाहे...