सुरुवात यस्तै भयो

661 9 0
                                    

     कास म प्रेमार्द गीतको मझेरीमा आफुले चाहेका व्यक्तिहरुको माझमा अनि तोरण अनि भरिलो– रसिलो महफिलमा यो कृति विमोचित गर्ने थिए । हतारोमा आएर मेरो भावनाहरुले कितावी रुप पाए किनकि सुनसान यात्राको गति समयक्रमसंगै अवरोहतर्फ उन्मुख हुनु पर्नेमा त्यसले अझ बढी रÏतार पक्रदोरहेछ । त्यसैले त मेरो मगजमा मत्थर भएका भावनाहरुको विसर्जन गर्ने यो मात्र विकल्प अगाडि आयो । सोही अनुरुप 'सुनसान यात्रा' प्रकाशित भयो । साथै थुप्रै शाब्दिक विशुद्धि पनि ।

     क्लीष्ट शब्दहरु प्रयोग गर्नुपर्ने आवश्यकता थिएन तर सिकारु साहित्यकारको लागि त्यस किसिमका शब्दहरु पथप्रदर्शक हुदारहेछन् । आशा छ, नेपाली विषयका विद्यार्थीहरुले यो पुस्तकबाट लाभ उठाउनु हुनेछ । कट्टर भौतिकवाद र उदार अध्यात्मवाद बीच क्षितिज बनि साइनो ग"ास्ने किसिमका निबन्धहरुको सङ्कलन गरिएको हुदा 'सुनसान यात्रा' सम्पूर्ण उमेर समूहका साहित्यानुरागीहरुको लागि रुचिकर साहित्यक खुराक बन्नेमा विश्वस्त छु" ।

यो पुस्तक प्रकाशन गर्न अमूल्य सहयोग गर्नु हुने श्रद्धेय गुरु रामचन्द्र सुवेदी, पुरुषोतम सापकोटा, नितिया मण्डल, राजिव तिमल्सिना लगायत  मेरा अनन्य मित्रहरु सागर रिमाल, अञ्जल डोटेल, दिपेश उप्रती र निबन्ध टङ्कनका क्रममा बहुतै खेल"ाची गर्ने ठूलो कान्छा लामा (छुमी) दाईलाई विशेष धन्यवाद व्यक्त गर्दछु ।

     यो भूमिकामा म आफ"ै पुस्तकको समिक्षा गर्न चाहन्न तर पाठकहरुबाट भएको मूल्याङ्कन मेरो साहित्यिक भविष्यको मार्गदर्शक हुनेछन् । सम्पूर्ण त्रुटिका निम्ति म नै उत्तरदायी छु । मेरो प्रथम साहित्यिक फसलको सुरुवात यस्तै भयो । दुराशय भएका व्यक्तिहरुले खिसी गर्लान् तर सदाशयता भएकाहरुबाट हौसला प्रदान हुनेमा आशावादी छु ।  अस्तु !

रोशन 'रसिक'

सुनसान यात्राजहाँ कहानियाँ रहती हैं। अभी खोजें