सर्वत्र समता भए भुगोल गन्जागोल हुने थियो । भौतिकतामा प्राणीहरु पिच्छे विश्लेषी गुणहरु हुनु त्यसैले नितान्त आवश्यक छ । यद्यपि समभाव, समव्यवहार, स“गस“गै समविकासले मात्र मानव जिवनले मोक्ष, तृप्ति, शान्ति निवांण एवं एकता जस्ता राष्ट्र विकासका पुर्वाधारहरु प्राप्य बन्न सक्छ । अन्यथा द्धेष, क्लेष र अन्र्तद्वन्द्वले गर्दा राष्ट्रका सम्पूर्ण धरोहर अनि निधीहरु धरासयी हुनेछन् ।
तेस्रो विश्वका राष्ट्रहरु खाद्य संकट र सुरक्षाको ऐभारालाई सहज निकाश दिन हत्तुहरान छन् । मानवले अनिकालबाट बच्न अपराधी मानसिकताको विकास गर्नसक्छ तर गीठ्ठाभ्याकुर जस्ता वन पैदावरको उपभोग गर्न सक्दैन । त्यस किसिमका पोषक तत्वहरु जङ्गली हुन् र सभ्य समाजमा वर्जित हुन्छन् भन्ने धारणा नै सबैमा जन्मगत विकास भएको छ । व्यक्तिवादी मानवहरुको यान्त्रिकतामा रुकावट आउने छैन तर नैतिकतामा अध्यात्मवादको सुचारु हुनु कठिन बनेको छ ।
गन्जागोल भुगोलमा पैसाले पैसा किन्ने शेयर कारोवार मौलाउ“दै गएकाले मनुवा बिनाकर्म धनाढ्य हुदैछन् । सुन व्यापारीहरु “जल्पी शुल्क” लगायतका नाटीकुटी गरी उपभोक्ताहरुलाई सास्ती दिदैछन् । अनि पेट्रोलियम व्यापारीहरु तेलको कृत्रिम अभावको सिर्जना गरी अनैतिक अनि अवैधानिक दौलत एकठ्ठा गर्दैछन् । विडम्वना, जन्मगत श्रमजिवी मजदुरहरु एउटा रिक्सासम्म किन्ननसक्ने अवस्थामा छन् । सर्वसाधारणले कचौरा लिएर सडक पेटीमा बस्नुपर्ने अवस्था आइसक्दासम्म दुराचारीहरु पू“जीवादको औचित्यलाई मिथ्या भएको प्रमाणित गर्न प्रयत्नरत छन् ।
सीधाबाटोमा सवारीसाधनको प्रवेग बढाउन आउने क्षणभङ्गुर उन्मादलाई गियर र ब्रेकले अशकुनबाट रक्षा गर्छ, तर अनगिन्ति जोल्ठिङ्गाहरु भएको जीवनका मोडहरुमा बिनाब्रेक गति बढाउन मात्र केन्द्रित भएका व्यक्ति “आउट अफ ट्रयाक” मात्र हु“दैन उसको दुर्गति पनि हुन्छ । जीवनलाई बिना अङ्कुश सर्वत्र बहन दिए, व्यक्ति अपराधी बन्छ । आजको कंक्रिटको जंगलमा ठडिएका निकेतनहरुको आधार पनि सायद अवैधानिक नै छ , जो सामाजिक बन्धन अनि सुस्त प्रशासनले गर्दा कमसल हुन सकेको छैन । निजामती कर्मचारीहरुको ढिलासुस्ती, सैनिकहरुको दम्भ अनि आतङ्कहरुको सञ्जालले नेपाल तेस्रो विश्वभन्दा माथि उठ्न नसक्ने तितोसत्यको पक्षपोषण गर्छ । निजी सम्पत्तिको भावनारहित, सनातन वर्गीय संरचनाको पुनसंरचना अनि क्रान्तिकारी भूमिसुधार सहितको साम्यवादको एजेण्डा सरकारको मुख्य चोचोमोचोको विषय बनेको अवस्थामा अझ“ै पू“जीवादलाई प्रोत्साहन दिनु “भ“ैसीको मुतलाई गहुत” भन्नु सरह हो । राज्यको प्रत्येक संरचना अनि तहका नेपालीले इमान्दारीताका साथ स्वार्थको लेशलाई डढाएर मानवताको सम्मान गरेमात्र राष्ट्रको समुन्नति सम्भव छ ।
जनयुद्धको समय दविएको अतिवादको आभा रक्तक्रान्तिको इतिस“गै आत्मश्लाघाकोरुपमा दिग्दिगन्त फैलदैछ । धनाढ्य किरन्टोकीहरु गरिव अनि अवलाहरुप्रति दया देखाउ“छन् । अपितु इष्र्याको जलनले गर्दा कसैको तरक्की चाहदैनन् । त्यस किसीमका दुष्प्रवृत्तिका अतिवादी अनि मिथ्यावादीले श्रमजीविहरुलाई अझ सकस पारेका छन् । श्रमजीवीहरु देशभर प्रत्येक नुकमा विस्तृत रुपमा आÏनै लगानीमा उद्योगधन्दाहरुको स्थापना गरी साम्यवाद प्राप्तीका प्रयोजनले सरकारलाई खवरदारी गर्दै जानुपर्छ ।
समान आर्थिक अवस्थाले मात्र वर्ग व्यवस्थाको नाश गर्छ र सम्पूर्ण सर्वसाधारण समभावसहित राष्ट्रको समुन्नतिकोलागी तन्मय हुन सक्छन् । त्यस अघि नै अवैधानिक महलहरुको आधारमा बायो परजीवीको प्रतिस्थापना गर्दै घुस्याहा, अपराधी, कालोबजारी गर्ने दुईनम्बरी अनि आतङ्ककारी माफियाहरुलाई कर्म अनुसारको दण्ड गर्नेपर्छ । सबै मानव एउटै हो भने पनि, जातिय भेदभावलाई अझ“ै अङ्गिंकार गर्ने पोङ्गा पण्डीतहरु वास्तवमै पुङ्माङ् हुन् । त्यस किसीमको बर्बर क्रियाकलापमा अङ्कुश लगाउनैपर्छ । अनि मात्र सम विकासको रेसीपी पूर्ण हुनसक्छ ।
आप पढ़ रहे हैं
सुनसान यात्रा
Humorकट्टर भौतिकवाद र उदार अध्यात्मवाद बीच क्षितिज बनि साइनो गास्ने किसिमका निबन्धहरुको सङ्कलन गरिएको हुँदा ‘सुनसान यात्रा’ सम्पूर्ण उमेर समूहका साहित्यानुरागीहरुको लागि रुचिकर साहित्यक खुराक बन्नेमा विश्वस्त छु । कास म प्रेमार्द गीतको मझेरीमा आफुले चाहे...