शिशुवस्थामा बि.बि.सी. को रेडीयो प्रसारण सुन्दै फुस्साको धिपधिप आगो तांप्दै गरेका वयस्कहरुमाझ नेपाली भाषाको समाचार नबुझें पनि नेपथ्यमा गुञ्जिने धुनस“ग म पनि परिचीत भइसकेको थिए । म त्यहि बस्तुथितीमा बुबालाई चन्द्रमामा रहेको धब्बा बारे अनभिज्ञता प्रकट गर्दथे । गाउ“मा बिजुली नभएका कारण एकाध घरमा मात्रै टेलिभिजन सेट हुन्थ्यो जो तेजाब प्रयोग भएको बेटरीबाट चल्दथे । मैदान गर्न झिसमिसे मै कमण्डलुमा पानी बोकी निवासबाट केही दुरको यात्रा तय गर्नु पर्ने नियती मुकर्रर थियो । नीम वा बा“सको डाठ नै ब्रसको विकल्प हुने गर्दथ्यो । गाउ“कै फोहोर पोखरीमा म आÏनो गवार मित्रहरुस“ग “न्युड” भई पानी भित्र पस्दथे र पौडिन नजान्दा बारम्बार डुबेको पनि छु । ति सबै मित्रहरु अहिले अध्ययनमा कमजोर भएपनि मेरो अनुपातमा उनिहरु चौब्बर काम गर्छन् । अझ“ै पनि मेरो मगजमा स्मृतिका पहाडहरु मध्ये चरम चुलिमा रहेको एउटा सम्झना छ । पोखरीमा एकपटक डुब्न लागेको देख्दा हजुरबुवाले अत्तालिएर पोखरीमा हामफालेर मलाई किनारामा ल्याउनुभयो । पहिले मलाई उहाले एक–दुई झापड हान्नुभयो र पछि उहाबाट प्रेमार्द भावना मर्जी भयो ।
यसरी मेरो जीवनको अप्रिय सुरुवात भए पनि नसीवले प्रगतिराही मेरो लागी जीवन सुगम बनाएको छ । मिथीलाञ्चलको धनुषा जिल्लाको दक्षिण तर्फ अविस्थत बहुअर्वा गा.वि.स. मेरो जन्मथलो भए पनि बुबाको अध्यापनको जागिरको क्रममा हेटौडा नगरी मेरो कर्मथलो बन्यो । आजकल पर्व एवम् विवाह – व्रतबन्धहरुमा सहभागि हुन जब पनि म गाउ“ जान यात्रा गर्छु मेरो आ“खा रसाउ“छन् र त्यसैले मलाई यात्राबाट सख्त परहेज छ ।
बाध्यतावश यात्रा गर्नुपर्दा अधिकाधिक मधेशी मनमुटुहरु प्रगतिको सट्टा दिनप्रतिदिन दुर्गतिको मार्गमा हि“डेको देख्दा मेरो आ“खा स्वचालित रुपमा बन्द हुन्छन् । आजकल बि.बि.सी.को सामाचार प्रति चाख राख्ने मेरो गाउ“मा कोही व्यक्ति छैनन् अनि युवाहरुको विदेश पलायनको होडले गाउ“ नै शुन्य भइसकेको छ । गाउ“को एकमात्र माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्न सकेको छैन अनि एस.एल.सी.मा एकाध छात्रछात्राहरु मात्र सफल हुनु दर्दनाक छ । भ“ैसीमाथि चढेर रोजको सुसेधन्दा गर्ने बालबालिकाहरुमा सामाजिक मूल्यमान्यता सिवाय बहुत कम बाहिरी ज्ञान छ । बघरामा समय–समयमा रामायण एवं हनुमान चालिसा पाठ हुन्छ । पर्वत्योहारमा भारतबाट महङ्गो आरकेस्ट्रा स्टेज प्रोग्रामको लागि बोलाइन्छ । पुरै गाउ“मा एक दर्जन भन्दा कम किराना दोकान हुनु अनि नारीवर्ग घुम्टो भित्र सीमित रहनु तराईका नकारात्मक पक्षहरु हुन् । धर्तिमा जन्मेर धर्ति नै जोत्ने र धर्ति मै समाधि पश्चात् मिसिने हु“दा धर्तीपुत्र मानिएका बहुसंख्यक किसानहरुलाई प्राकृतिक प्रकोपले अतिरिक्त टण्टा दिन्छ ।
अझ“ै हास्यास्पद कुरा के हो भने सम्पूर्ण ग्रामवासीहरुलाई आÏनो सभ्यता र संस्कृतिमाथि गर्व छ । जब पनि म यथार्थबोध गराउन खोज्छु, दाज्युहरुस“ग वादविवाद हुन्छ । म कहिलेक“ाही ममीलाई गाउ“ नर्फकी पहाडी जीवन मै शेष जीवन समाहित गर्ने योजना बताउ“छु तर उहा“ त गाउ“लाई नै स्वर्ग मान्नु हुदाेंरहेछ ।
गाउ“ले जीवनमा अभाव, अनिकाल एवम् असमानता व्यापक भए पनि मेरो ग्राम ती बिसङ्गतिहरुको उद्गम् हो, कारक पक्ष होइन । सुस्त प्रशासनसंग ग्रामवाशीहरुको कनिष्ठ सम्बन्ध र जमिन्दारीे प्रथा समान धनाढ्यहरुले शोषण गरेकै कारण यस्तो कुसंस्कारको सुरुवात भएको हो । राजा जनक र सीताका मिथकिय विश्वासहरुको चर्चा गरिए पनि उनीहरुको आदर्शप्रति कसैको झुकाव छैन ।
यतिका स्मृतिहरु लेख्दा म पूर्ण मर्मज्ञ बनिसकेको छु । लाग्छ, म आÏनो पुरै जीवन आÏनो जन्मथलोको विकासको लागि व्यतित गरीदिउ । खरको छ–सात महिने छानाबाट पानी चुहिने अव्यवस्थित घरमा जीवनयापन गरिरहेका जन्महाराहरुको विकास कहिलेक“ाही असम्भव लाग्छ । पैतृक सम्पति, अनि दाइजाले गुजारा चलाउने लाचारहरुको तुजुक अधिक हुन्छ । चोरी–डकैती, गुण्डागर्दी र चाकडी–चुक्लीको मात्रा पनि अधिक छ ।
व्यक्ति परिवर्तन नै समाज परिवर्तनको संवाहक हो । त्यसैले त्यहा“ शिक्षित व्यक्तिहरुले ग्रामवासीहरुलाई जीवनोपयोगी सिप अनि प्रगतिशील दर्शनहरुको प्रचार गराउनु मेरो मातृभूमिको माग हो र मेरो सधै“ शुभेच्छा रहनेछ, मिथिलाञ्चल बैदिक सभ्यतासंगै आधुनिक सभ्यताको पनि सौरभ बन्न सकोस् । जय मिथिला †
![](https://img.wattpad.com/cover/11391607-288-k82418.jpg)
आप पढ़ रहे हैं
सुनसान यात्रा
Humorकट्टर भौतिकवाद र उदार अध्यात्मवाद बीच क्षितिज बनि साइनो गास्ने किसिमका निबन्धहरुको सङ्कलन गरिएको हुँदा ‘सुनसान यात्रा’ सम्पूर्ण उमेर समूहका साहित्यानुरागीहरुको लागि रुचिकर साहित्यक खुराक बन्नेमा विश्वस्त छु । कास म प्रेमार्द गीतको मझेरीमा आफुले चाहे...