दुनिया वास्तविकतामा वक्रता ल्याई दिखावा गर्नमा केन्द्रित भएका कारण कृत्रिमताले प्राकृत सत्य, जड अनि चेतनलाई प्रतिस्थापना गर्दैछ । प्रकृति वास्तविकता हो र जीवनको उद्गम पनि । समाधि पश्चात् मानव अन्य प्राणीका रुपमा पुर्नजन्म हुने धर्मसङ्गत आस्था राखिदैंछ । अर्थात, प्रकृतिका सम्पूर्ण प्राणीहरुप्रति मानवलाई गरिने सम्मान झै“ समभाव राख्नुपर्छ । पहाडलाई हामी सौन्दर्यको चरमसीमा भन्छँंै तर यथार्थमा त्यो त्यति नै कुरुप हुन्छ । अर्थात् प्रकृतिप्रति हाम्रो झुकाव हाम्रो दृष्टिमा निर्भर छ । अक्सर हामी स–साना बिरुवा र प्राणीहरुको हानी गरेर विलास गरिरहेका हुन्छौंं । सम्पूर्ण मानवले प्राकृतिक निधिहरु माथि राज गर्नसक्छन् र आÏनो शक्तिको प्रयोग प्रकृतिको विनासको लागि गर्नसक्छ । विडम्वना, प्रकृति माथि विज्ञान–प्रविधिले खुट्टा घुमाउन सक्दैन र मानवमा घट्दै गएको प्रकृतिप्रेमकै उपज स्वरुप प्रलयहरुबाट मानव अस्तित्व सङ्कटमा पर्दै गएको छ ।
आजको व्यस्त जनजीवनमा कृत्रिम जङ्क फुड्को खपत बढ्दो छ जबकी प्राकृतिक पोषक तत्व गिठ्ठाभ्याकुर अनि सागसिस्नुको पैदावारि खेर जादैंछ । आज मानव चुपचाप धार्मिकता अपनाउन सक्दैन जो बडो आत्मिक वा प्राकृतिक हुन्छ तर मनमुटुको सट्टा कृत्रिम शब्दहरुको प्रयोग गर्छन् । हामीलाई आÏनो प्राकृतिक अनुहार अनि शारीरिक बनोटप्रति वितृष्णा जाग्छ र हामी कृत्रिम सौन्दर्य सामग्रीहरु प्रयोग गर्छौ । आजका विद्यार्थीहरु प्राकृतिक कल्पनाको बेलिविस्तार, अनभिज्ञता वा जिज्ञासा प्रकट गर्न सक्दैनन् तर कृत्रिम किताबहरु माथि बिना तर्क विश्वास गर्छन् । यी दृष्टान्तहरु कृत्रिमताको पक्षपोषण गर्न काफी छैनन् । विधाताको विधान उदेक लाग्दो छ र कृत्रिमताले त्यसलाई उछिन्न सक्नेछैन । प्रकृतिको संरक्षण हुनु भनेको मानव अस्तित्वको सम्भरण हो । त्यसैले हामी प्रकृतिमा फर्कनु आवश्यक छ ।
कर्णप्रिय ध्वनि सुसाउने खहरे, झरना अनि लहरा–पहराको मनोहारीताले मानवको अहंङ्कार अनि पापी मानसिकताको विनास गर्नसक्छ । प्रकृतिमा मानवलाई मानवताको पाठ सिकाउने शक्ति छ । प्रकृतिले नै जंगली मानवहरुलाई सभ्यताको सोपानहरुमा चढाएको हो । हाम्रो सभ्यता जति सुकै चुलिए पनि यसको जड सदासर्वदा प्रकृति नै रहनेछ ।
आज हामीले परम सुक्ष्म परमाणुदेखि वितत अन्तरिक्षबाट हामीले सत्यतथ्य प्रतिको जिज्ञासा मेटाउन अनुसन्धान– अन्वेषण गर्न सक्छौ । तर, यो क्षेत्रमा सानो भुलले पनि भयावह अवस्था सिर्जना हुनसक्छ । यसर्थ, प्रकृतिलाई प्राकृत रुपमै रहन दिनुपर्छ र सांसारिक मोहजालबाट फुत्किएर प्रकृतिको जघनमा रमाउनुपर्छ । तब मात्र जीवन सुगम बन्न सक्छ ।
आप पढ़ रहे हैं
सुनसान यात्रा
Humorकट्टर भौतिकवाद र उदार अध्यात्मवाद बीच क्षितिज बनि साइनो गास्ने किसिमका निबन्धहरुको सङ्कलन गरिएको हुँदा ‘सुनसान यात्रा’ सम्पूर्ण उमेर समूहका साहित्यानुरागीहरुको लागि रुचिकर साहित्यक खुराक बन्नेमा विश्वस्त छु । कास म प्रेमार्द गीतको मझेरीमा आफुले चाहे...