चराचर जगत्मा विद्यमान चौंरासी लाख किसीमका प्राणीहरु मध्ये मानव अस्तित्वको तुजुक मिथकिय मान्यतामा चरीनाङ्गो छ । यद्यपि मानव प्रजातिमा दिग्भ्रमको अवस्था निम्त्याउने कारक पक्षहरुको फेहरिस्त लामो छ । मान्छे आखिरमा हाड, मासु र यौनाङ्गको समष्टि न हो । अनि बा“च्ने अथवा नमर्ने लालसा नै जीवनका साध्यहरु माझ प्राधान्य भएपछि मानवेतर प्राणीहरु भन्दा विश्लेषी उत्तम गुणहरु मानवमा रहेको दुराग्रह गर्नु मिथ्या हो । पं्रायजसो प्राणीहरुमा खुट्टा भएता पनि उनिहरुमा विद्यमान समभाव, प्रेमार्द सम्वन्ध र वफादारीता उल्लेखनिय हुन्छ । विडम्वना मानवमा यी तत्वहरु समयचक्रस“गैं भाङ्भाजो बन्दैछन् ।
मानवको मूल्याङ्कन आजकल कलेवर अनि बहिरङ्गबाट गरिन्छ , जुन मुनासिव एवं्म मर्यादित प्रकृया होइन । विशेषतः नारीहरुमा बत्तीस लक्षण हुनु आवश्यक मानिन्छ । हैरानीको कुरा के छ भने ती सम्पूर्ण गुणहरु अनुहारको रोगन, बान्की अनि बाहिरी व्यक्तित्वको तुला हो जसले सत्यराही आर्दशहरुमा बृश्चिक दंशन गरेकाछन । सौन्दर्यलाई नै अस्तित्वको साधन मान्ने ह“ुदा तकरिवन एक चौथाइ समय श्रृङ्गारमा व्यतित गर्ने भएकै कारण नारीहरुले तरक्कि गर्न सकेका छैनन् । शैशवकालमा अभिभावकको फर्माइशको अधिनमा रहनु पर्ने र वयस्क भएपछि गृहस्थीको दायित्वले व्यस्त रहनुपर्ने ह“ुदा अधिकाधिक पुरुषहरु व्यवहारिक जीवनमा योग्यता एवं सामाजिक गुणहरुको विकासमा केन्द्रित हुन्छन् । त्यसैले त लैङ्गिक विभेद कायमै छ । यथार्थ के हो भने “मान्छे” संज्ञाको सोझो अर्थ पुरुषतर्फ नै खिचिएको हुन्छ ।
विधाताले मान्छेहरुलाई दुई लिङ्गमा मात्र विभाजन गरे तापनि हिनवादी, मिथ्यावादी अनि अतिवादीहरुले असमानता एवं साम्प्रदायिकताको विकास गरी मान्छेहरुलाई विभक्त बनाइदिएका छन् । कङ्क्रिटको जङ्गलमा कृत्रिम पर्खालहरुले मानवलगायत भुगोललाई समेत विभग्न बनाएकाछन् । धार्मिकताको नाममा नाटिकुटी गर्ने नराधमहरुको पङ्गुपन अझ“ै फस्टाएको छ । ठूलो स्वरले भजन गाउ“दैमा अनि लामो चन्दनको लेप निधारमा थाप्दैंमा धार्मिकतामा बढोत्तरी हुने किसीमको धारणा अझ“ैफस्टाएको छ । आत्मसम्मानको पैरवी गर्न हड्बडाएर अघि बढ्दा सकसमा परेका, मानवहरुको जिजीविषा आशा र सन्त्रासको दोधारमा पल–प्रतिपल अकारण उत्तेजित हु“दैछन् । अनि मानवहरुमा भोगविलास प्रतिको आशक्तिले गर्दा उत्पन्न शारीरिक शोलाको आधुनिक चिकित्सा प्रणालीबाट उपचार सम्भव छैन । यी यावत् बिसङ्गतीहरुको जड भनेकै अस्थिर मगज हो जसको तारल्य सर्वत्र बहन सक्छ ।
मानव भनेको यर्थाथमा भौतिकता वियुक्त अमूर्त आत्मा हो जसले बोल्न, पढ्न र लेख्न जानेपछि लोकको कल्याण गर्नसक्छ र वचन–वर्कतलाई फलीभूत गर्न बियालो गर्नेहरु पृथ्वीको बोझ बन्छन् । आजको जमानामा सत्यराही व्यक्तिहरु असभ्य अनि समयस“ग हि“ड्न नसक्ने जङ्गली कहलिएका छन् । अफसोच, आधुनिकताको अम्मलले गर्दा अन्धा भएकाहरुले उच्छ्ङकल, बेथिती, व्यक्तिवादी एवं दुराचारी संस्कार प्रति मुकदर्शक बन्नु ताज्जुबको कुरा हो । असल बन्नुमा भन्दा ठूलो बन्ने मोहप्रति केन्द्रित मानवहरु बीच प्रतिस्पर्धा भन्दा अन्तरद्धन्द्धको मात्रा बढ्दो छ । असहाय एवं निमुखाहरुकोे अभाव, अनिकाल र शोषणको प्रताडनाप्रति दारुण भई सहायता नगर्नुले आधुनिक मानवहरुको अन्तस्करणमा लुप्त मानवता उदाङ्गो बन्छ ।
तामसी अनि कलुषित भावहरु बोकेका मानवहरु पाशविक बनिसकेका छन् । सात्विक मान्छेको पुर्नजन्म गराउने सायद एउटै विकल्प छ । पशुहरुको प्रेम र सद्भावको “जीन” मानव भ्रुणमा प्रतिस्थापना गरी जन्माइएको हाइब्रिड मानवमा मात्र मान्छेको प्राच्य एवं आदर्श गुणहरु प्राप्त गर्न सकिन्छ । सायद, ब्रम्हाण्ड बचाउने वैज्ञानिक अन्वेषण जस्तै ठिमाहा मानव जन्माउने अभियान पनि चलाउनु पर्छ । अन्यथा हिंस्रक मानवहरुको छलछामले ब्रम्हाण्डको पतन अवश्यम्भावी छ ।
प्यालामा मस्त अस्थिर मगज
धन्दा–धन्धा तटस्थ अति चञ्चल मन
अस्त न व्यस्त त्यसैमा मग्न
त्यसैले वक्रमतिका मानवहरुका लागि लगभग असम्भव दोश्रो विकल्प आत्माबाट प्रेरित हुनु हो । शारीरिक विलास, प्रशस्ति एवम् सामाजिक प्रतिष्ठाको लालच बिना लोककल्याणलाई साध्य बनाई सदैव अग्रगमनको दिशा तर्फ उन्मुख हुनुपर्दछ । जेहोस् मान्छेको परिभाषा, तिनका समस्या, कारण र निदानका उपायहरु समयस“ग बदल्दै जानेछन् ।
आप पढ़ रहे हैं
सुनसान यात्रा
Humorकट्टर भौतिकवाद र उदार अध्यात्मवाद बीच क्षितिज बनि साइनो गास्ने किसिमका निबन्धहरुको सङ्कलन गरिएको हुँदा ‘सुनसान यात्रा’ सम्पूर्ण उमेर समूहका साहित्यानुरागीहरुको लागि रुचिकर साहित्यक खुराक बन्नेमा विश्वस्त छु । कास म प्रेमार्द गीतको मझेरीमा आफुले चाहे...