कर्म बिना फलको लिप्सा - दुराचार

80 0 0
                                    

यो तिक्ततापूर्ण विचित्रमय जीवनमा निस्सारतामा अन्तर्निहित अविदित प्रारुपको आंकलन प्रत्येक मानवबाट पगपगमा गरिन्छ । त्यो भावभंगिमाको प्रतिभात रोमाञ्चक हुने गर्दछ । जब म ऐनाको सम्मुख उभिन्छु, तत्क्षण आÏनै प्रतिविम्वले शुष्क आवाजमा अर्मूत भावाभिव्यक्ति विस्फारित गरिरहेको भान हुन्छ । त्यही छा“याचित्रको प्रतितीको कारण कहिले हिनताबोधले गा“ज्छ अनि कहिले अहङ्कार लेपित भएर अ≈मभाव विस्तृत हुन्छ । तथापि, आफैंलाई हिन सम्भनु बेथिति संस्कारको परिसूचक हो । हामी प्रत्येकले यस चराचर जगत्को धेरथोर बोझ आÏनो थाप्लोमा उठाएकाछौं । आर्थिक दृष्टिकोणमा ती बोझ तुच्छ भएपनि आÏनो काम कर्तव्यलाई गम्भिरतापूर्ण लिनुपर्छ ।

पाञ्चभौतिक तत्वहरुको आकस्मिक सम्मिलनबाट बनेको देह र निराकार–निर्गुण–शुन्य आत्माको क्षणभङ्गुर एवम् जटिल सम्बन्ध नै प्राच्य दृष्टिकोण अनुसार आममानिस हुन् । धर्मान्ध व्यक्तिहरुको यो अन्दाजमा विश्वास गर्नुपर्ने आधार नभएपनि जीवनको अस्ताचलगामी प्रहरपश्चात् जीवनपर्यन्तस“गै रहेका तत्वहरु पुनः आÏनो प्राकृत स्वरुपमा फर्कन्छन् । तसर्थ, हाम्रो कुनै विशिष्ट अस्तित्व छैन । यो तत्वज्ञानको प्राप्तिपश्चात् मात्र हामी सांसरिक मायाजालबाट मुक्त हुनसक्छौं । तसर्थ, यो छोटो जिउ“दोपनाको सफरमा व्यक्तिविशेषभन्दा आÏनो व्यक्तिगत काम कर्तव्यलाई ज्यादा महत्व दिनुपर्छ ।

सागर जहा“ उत्तुङ्ग तरङ्गको नर्तन हुन्छ र जह“ा प्रवलतर सुनामीहरुको समेत उदय हुन्छ त्यही नै तिनको पतन भई खाई बनेको हुन्छ । यस किसिमको आरोह–अवरोहको गतिशीलता समयको अनिवार्य सर्त हो । दुनिया“को नजर उदयमा मात्र सीमित भई पतनमा बारेमा दुनिया“ अनभिज्ञ हुनसक्छ । जेहोस्, संघर्षका सोपानहरुमा आरुढ हु“दा हाम्रै ससाना गल्तिका कारण उतारचढावको क्रम बरकरार नै रहन्छ । यही अक्षुण्ण छलछामकै क्रममा हामी चुनौतिहरुको सामना गर्न बाध्य हुन्छौं ।

जीवन प्रतिस्पर्धाको ऐरिना हो, जहा“ चुनौति र बदलाको भावना मडारीई परिवेश संघर्षपूर्ण बन्छ । बदलाको भावना मानवेतर दर्प हो । चुनौति त्यो त स्वतः थाप्लोमा आइपुग्छ । वास्तवमा कसैलाई चुनौति दिनु भनेको आफै“लाई चुनौतिको मार्गमा डो¥याउनु हो । आÏनो योग्यतामाथिको विश्वास र आत्मविश्वास विचल भएपछि मानव बर्बर हुन्छ । आÏनो योग्यता र लगावमाथि विश्वास छ भने चुपचाप गन्तव्य पहिल्याएमा पराजयको लाजबाट बच्न सकिन्छ । तथापि, एक मात्र सानो भुलले गर्दा भरमग्दुर मेहेनतबाट प्राप्त उच्चतर व्यक्तित्वलाई दुनियाले रद्दीको उपमा दिन सक्छ । तसर्थ, महत्वकांक्षी सफलता प्राप्त गर्न अथक मेहेनत, संयम अनि धैर्यताको आवश्यक्ता पर्दछ ।

सबैको मन राख्दै अघि बढ्नु निश्चय नै असम्भव छ । त्यसैले होला, सबै महापुरुषहरु निराश भएर नै संसारबाट बिदा भए । “मैले सम्पूर्ण कार्यहरु समाप्त गरे” भन्दै कोहि महापुरुषहरुले संसारबाट विदा लिएनन् । यदी कुनै मानव सन्तुष्ट भई मर्छ भने उ साधारण मानव हो । तसर्थ असन्तोष र अधैर्यता नै प्रगतिको परिचायक हो । यद्यपि, अतिको परिणती खती हुन्छ भनेझै“ प्रत्येक पल असन्तोषी र अधिर भई जिउ“नुमा जीवनको उमङ्ग प्राप्त हुन सक्दैन ।

मेरो अभ्यन्तरलाई निम्न प्रश्नहरुले सधै रुग्ण तुल्याउ“छ । किन कोही राम्रो कार्यप्रति सदाशयता देखाई प्रचार गर्दैन तर सानै गल्ती हु“दैमा कटुवचनको लावालस्कर लाग्छ ? किन कसैको मूल्याङ्कन आजको सम्भावित लाभलाई हेरेर गरिन्छ र जब लाभ नहुने देखिन्छ तब वास्ता गरिदैन कि विगतका दिनमा उसले ठुलो योगदान दिएको थियो ।

किन कोही साधारण व्यक्तिको यर्थाथ बोलिले कसैको वरिष्ठतामा गोलि लाग्यो भन्दैमा उसको मानमर्दन गर्ने किसिमले वेहद कटुता पोखिन्छ ? यो क्रियाकलाप वरिष्ठ व्यक्तिको कमजोरीको द्योतक होइन ? वास्तवमै जमाना ज्यादै वदलिएको छ । सर्वग्रा≈य उखान “सोझोको साहारा दैव” को पार्थक्य कतै उडेकोछ । प्रसङ्गको सिलसिला जोड्दैं ज“ादा यो रचना गल्प सिद्ध होला । तसर्थ, उपसंहार छुट्याउनु पर्दा, कसैको विरोधको वास्ता नगरि दुराचारको पथ नसमाति आ“फूभन्दा आÏनो कामलाई महत्व दिइ कर्म गर्न जान्नैपर्छ ।

सुनसान यात्राजहाँ कहानियाँ रहती हैं। अभी खोजें