एउटी स्नीग्ध मन भएकी फुच्ची आजकल मेरो शुन्य महफिलमा खेला“चीको कौतुक भिœयाउने मित्र बनेकी छिन् । बञ्चितता अनि अभावप्रायः मेरो जीवनका प्रत्येक श्वासमा आनन्दको स्पन्दन निम्त्याउ“छ, उसको स्मृतिले । व्यङ्ग्यका अतिरिक्त उसले आफूले पाएको धोका, अपमान अनि सुक्ष्म टोकसोको वृतान्त जो ऊ स्वयम्ले विर्सन खोज्छिन्, त्यहि भावनास“ग साहचर्यमा रहन पाउ“दा ममा अनन्त प्रश्नहरुको उत्तर खोज्ने उत्कण्ठा जाग्छ ।
उसको ग्लुमी अनुहार अनि गम्भिर भई कुनै चिजको व्याख्या गर्ने वाक्कौशलले गर्दा मैले संसारमा असल मानिसहरुको कमी नभएको महसुश गरें । अझ उसको आधा दर्जन सह“ेली वरिपरि झुम्मिएपछि त्यहा“ म कहिलेका“हि इष्र्या अनि फजुल झगडाको घान पाउ“छु अनि म त्यहि विरोध सुल्झाउन सम्मति कायम गराइदिन्छु , आदर्शका कुरा गरेर ।
उसको अनुसार नेताहरु भनेका अरु देशबाट पैसा मगाउने, सकेसम्म घिच्ने अनि नगरेको काम पनि गरेको भन्दै प्रचार गर्ने व्यक्ति हुन् । प्रसङ्गहरुकै सिलसिलामा श्रद्धेय नेपालको प्राकृतिक छट्टाको उनले प्रशंसा गरे पनि नेपाली भई जन्मिनु परेकोमा नियतिलाई गालि गरिन् । उसको समीचीन यति अनि गति मिलेको ओजपूर्ण वक्तृता र हाउभाउले उसको हात, मुख अनि चर्मचक्षु बेग्लाबेग्लै जीवित प्राणी भएको आभाष गराउ“छ । यति सानै उमेरमा उसले पोख्ने विशिष्ट समवेदना अनि आवेगहरु उल्लेखनिय हुन्छन् । त्यसैले त म बाध्य भएको छु, उसको प्रशंसा गर्न ।
–‘तिम्रो लक्ष्य के हो ? ’ मैले एकपटक सोधेको थिए ।
–‘ममी नर्स बन्न भन्नुहुन्छ, बुबा भने वकील अनि भाइ भने अभियन्ता (इन्जिनियर) बन भन्छ । सानोमा डाक्टर बन्छु भन्दै हिड्थें ।’ उनले जवाफ दिइन् ।
–‘त्यसो भए अब बुझ्ने भएपछि के बन्छौं त ?’
–‘मैले जति ठूलो लक्ष्य बनाए, त्यो पाउन त्यति नै मेहेनत गर्नुपर्छ । तर, म मेहनत गर्न सक्दिन होला । त्यसैले, लक्ष्य बनाएको छैन,’
–‘साच्चै बनाएका छैनौ ?’
–‘मलाई फिट हुने लक्ष्य बनाएको छु तर अहिले सुनाउने छैन । जव पुरा हुनेछ तपाईलाई अवश्य भन्नेछु ।’
–‘तिम्रो पढाइप्रति केही सिकायत छ कि ?’
–‘मेरो बुबा, ममी, भाई सबै ‘हाइ–टेम्पर’ छन् । कहिलेका“ही घरमा गफ हु“दासमेत अट्टहास कोठामा आएर ‘डिस्टर्ब’ हुन्छ । बुबाममीसगं आफू“लाई नआएको कुरा सोध्दासमेत मुखैले टारिदिनुहुन्छ । भाइलार्ई धेरै माया गर्नुहुन्छ ।’
–‘अनावश्यक चिज माथिको, भाषण भन्दा तेज अनि उपलब्धिरहित बहस, यही त हुन्छ कक्षाको लेक्चरमा † पढ्न त आफैं पो संयमित हुनुपर्छ ।’ यसपछि कसरी पढ्दा प्रभावकारी हुन्छ, त्यसको बहस चल्छ ।यी परिमार्जित वार्तालाप प्रस्तुत गर्नुको कारण दिनातीत अनि अप्रासङ्गीक लैङ्गीक विभेद अनि ‘जेनेरेशन ग्याप’ को झल्का प्रस्फुटित गराउनु हो । उपरोक्त व्योहोरा वास्तवमा केटी भएकै कारण उसको गरिव अभिभावक अनि समाजले तगारो हाल्ने हुद“ा डाक्टर बन्न नसक्ने भाव हो । केटी भएकै कारण समान सम्भरण नपाउनु दर्दनाक छ ।
प्रत्येक सन्तानमा एक सफल व्यक्तित्व हुन्छन् । फरक यति हो कि कोही त्यसलाई प्रयोग गर्न सफल हुन्छन्, कोही असफल । लगातारको प्रयासपछि सबै असम्भव चिज सम्भाव्यतामा टुक्रिन्छन् । त्यसैले, आÏनो सन्तानको असफलतामा दुःख नमान्नुहोस्, तर ‘पढेर भन्दा परेर जान्ने’ वातावरणको श्रृजना गर्नुहोस् । तपाई चिन्तातुर हुन ुहुन्न तर सन्तानप्रति ‘प्रेम’ प्रर्दशन गर्नुपर्छ । उसको अनभिज्ञताहरुको सटिक जबाफ दिइ उसलाई जिज्ञासु बनाउनुपर्छ । अन्यथा, उसले सुनेको वा पढेको चिजमा बिना तर्क कण्ठस्थ पारि स्वीकार गर्ने परिपाटिको उदय हुन्छ । त्यसैले व्यस्तताका बाबजुद आÏनो सन्तानलाई समय दिनुहोस् ।
केही छात्रछात्राहरु यति विलक्षण हुन्छन कि उनिहरु दिशानिर्देशित हुनु पर्नेमा, त्यसको प्रतिलोम, उनीहरुले आमाबावुको अगुवाइ गरी आफ्नो प्रतिभा प्रस्फुटन गर्ने ‘प्लेटफर्म’ स्वयं बनाउ“छन् । उनीहरुको स्वाभिमानमा आ“च नपु¥याउनुहोस् । जमाना ग्लायमर्स, फ्याड्स अनि फेसनको हो । साना स्क्रिनमार्फत् केवल भेन्डरले हाम्रा घरमा भिœयाउने ‘इरोटिक्जम्’ वास्तविक जिवनमा अनुसरण गरिन लक्षित नभई ‘टिभी सो’ को लागि मात्र प्रायोजित हो भन्ने वुझेमा त्यसबाट खासै हानी हु“दैन । ‘गार्जियस’ देखिन खाने लाउने बानीमा परिर्वतन गर्दैमा पनि आत्तिनुहुदैन । सबैभन्दा विशेष कुरा के हो भने उनीहरुलाई पूर्ण वयस्क मान्नुहोस् र तपाईले आÏनो व्यक्तिगत भोगाइ सगंसगैं संर्घषका गाथा बारे ज्ञान दिन पनि भुल्नुहुन्न । अनि बुझ्नुहोस्, जेनेरेशन ग्याप भनेको रिलेसन ग्याप हो । तर, यी दुइ चिज हाम्रँे जीवनबाट दुर हुनसक्छन् ।
सन्तानप्रतिको आमाबाबुको वात्सल्य नै सन्ततीहरुको सुखद भविष्यको पक्षपोषक हो । तसर्थ,आमाबाबु स्वयम्ले जीवनयापनका आदर्श माध्यमहरु अपनाएर आÏनो सन्तानको लागि उदाहरणीय बने मात्र भावी पुस्ताले जन्मगत सुंसस्कार अनुग्रह गर्नसक्छन् । अनि मात्र माथि उल्लेखित मेरी सानी मित्रलगायत सबै सन्तानले आÏनो लवाइखवाइमा गर्व गर्न सक्नेछन् ।
आप पढ़ रहे हैं
सुनसान यात्रा
Humorकट्टर भौतिकवाद र उदार अध्यात्मवाद बीच क्षितिज बनि साइनो गास्ने किसिमका निबन्धहरुको सङ्कलन गरिएको हुँदा ‘सुनसान यात्रा’ सम्पूर्ण उमेर समूहका साहित्यानुरागीहरुको लागि रुचिकर साहित्यक खुराक बन्नेमा विश्वस्त छु । कास म प्रेमार्द गीतको मझेरीमा आफुले चाहे...