भोजन, योग र व्यायामको मद्दत लिई शरीररुपि टक्का लिएर अनुभवको हाटबजारमा मुक्ति, निर्वाण र मोक्ष प्राप्त गर्ने प्रयोजनले स्रोतसाधन र समयको कारोबार गरिने जीउ“दोपना नै जीवन हो । जीवन मूल्यहीन छ तर बारगेनिङ्ग गरेमा अमूल्य बन्छ । बु¤नुभएन, छम्मकछल्लोले कैयौं जवानको त्याग अनि बलिदानको लम्बा–चौडा वृतान्तको दर्शक ह“ुदाह“ुदै उसले उपहास गर्दै ज“ादा उसैको अप्रत्यासित भाउ बढ्छ । लवाइखवाइको अ≈मले हो वा इष्याको ज्वलनको अत्यधिक न्यानोपनले आजको मानव बोलीमा प्रखर अनलको अनुभूति हुन्छ । अरुलाई तुच्छ मान्नु मुर्खता हो किनकि “साला एक मच्छर आदमीको हिंजडा बना देता है” ।
मानवले मौलिक सिर्जनाको अभ्युदय गराए बापत पाएको स्यावासी अनि सम्मानबाट उसले सन्तुष्टी प्राप्त गर्न सक्छ । मानवीय संवेदना अनि सम्मानबाट विमुख मानव यर्थाथमा राक्षस बन्छ जसले दानवाधिकारलाई प्राप्य बनाउन दर्दनाक बर्ताव गर्छ अथवा उ परमेश्वर समान सन्तृप्त बन्छ । तसर्थ, उद्यम नै जीवनको साध्य हो । अनि गन्तव्य पहिल्याउने साधन भनेकै जीवन हो । परिवर्तन प्रकृतिको गतिशीलताको अनिवार्य सर्त हो र जिउ“दोपनाको वास्तविक रुप समयको परिधि भित्र कोचिएको गतिशिलता हो ।
यस्तै किसिमले शीर झुकाउन नपरोस् भन्ने ध्येयले समयको पावन्दिमा गतिशीलतालाई सङ्गीतमय बनाउनु नै दैनिक औसत जीवन हो । अनि हठात् अरुस“ग बाझिनु दुर्घटना, भवितव्य वा संयोग बन्छ । कोक्रोमै भएको अवस्थामा समाजले मूल्यमान्यताको बृहत् क“ाडेदार पुष्पगुच्छ पहि¥याई दिन्छ जसको भार जीवनभर बिसाउन सकिदैन र चलाकी कह“ानेर गर्नु पर्छ भने प्रगति अनि प्रशस्तिको लागि समाजवादको लेपनलाई हस्तिहाड भ“ै देखाउनको लागी अङ्गिकार गरी व्यक्तिवादी बन्नैपर्छ अनि मौलिक सोचाइ अनि व्यक्तिगत मनोद्वेगलाई प्रत्येकले स्वतः व्यवहारमा लागु गरेमा मात्र समाज प्रगतिशील बन्न सक्छ ।
राज्य प्रशासनले जीवनको सिंहावलोकन गर्छ । त्यसले स्वीकार गर्ने कागजका टुक्राहरुकै आदानप्रदानबाट बस्तु विनिमय अनि बिक्रीवितरण हुन्छ । यसरी प्रत्येक पाइलापिच्छे अस्तित्व बोध गराउने राष्ट्रियतालाई वचनमा मात्र नभई त्यसलाई श्रम र सिर्जनामा रुपान्तरण गर्नुपर्छ । अन्यथा राष्ट्रको आयुमाथि विदेशी दबदबाको आभाले टेढो नजर लगाउन सक्छ । तसर्थ संविधानको दायराबाट पर उछिट्टिने गरि रफ्तारमा कार्य गर्नुहुन्न । विवशता के हो भने, जीवनमा हामीले अरुको दुःखलाई समाधान गर्न तम्सिएर आÏनो दुःख र्बििर्सने प्रयास गर्नुपर्छ । जमाना एकदमै बदलिएको छ । यहा“ त सम्मान प्राप्त गर्न पनि आफ्नै सिफारीस चाहिन्छ अनि त्यसप्रति अपनत्व बोध गरी दावा नगरेसम्म अधिकार समान सम्मान पनि दिनप्रतिदिन ओरालो लाग्छ ।
विधाता पनि अचम्मकै चित्रकार हो । कसैलाई मृगनयनी बनाउ“छ अनि कसैको आ“खालाई बेकम्मा बनाइदिन्छ । कोही समीचीन बोलीवचनले जनप्रिय बन्छ अनि कोही आÏनो दर्दलाई नपग्लिने हिमसरह मत्थर पारी चिसिनुपर्छ । जीवनलाई ड्रामा बनाएको छ विधाताले । लोकको सेवा गर्ने प्रवल सोचका व्यक्तिहरुस“ग स्रोतसाधन छैन अनि स्रोत साधन प्रशस्त मात्रामा भएकाहरु किरन्टोकी बनेका छन् । फरक यति हो कि स्टेज प्रोग्राममा नौटङ्की हुन्छ अनि जीवनको ड्रामामा मात्र मूल प्रकृति।
जीवन अनि अस्ताउ“छ, बिना कुनै सूचना, तर सूर्यसमान फेरी उदाउ“दैन । समाधिस्थलसम्म लम्बिएको मलामीको लामको लम्बाइले नै उसको जीवन मोलतोल गर्छ, क्यारे † हामी संसारमा जीवित भएको अवस्थामा हामी निदाइ रहेका हुन्छांै । कैयों सपनाहरु सजाइरहेका हुन्छौ“ । सपनाहरुको दलदलमा फसेका मानिसहरु कहिल्यै चिन्तामुक्त हुन सक्दैनन् । निदाइरहेका हामी जाग्नुपर्छ । अफसोच, मृत्यु समिपमा नआउन्जेल हामी जाग्दंैनांै । संसारमा जन्म यथावत् रहनेछ र चिता पनि जल्दै हुनेछ । त्यसैले जन्म–मरणमा समभाव राखी मृत्युको सोचले विचल नहुनु नै मुनासिब हो ।
आप पढ़ रहे हैं
सुनसान यात्रा
Humorकट्टर भौतिकवाद र उदार अध्यात्मवाद बीच क्षितिज बनि साइनो गास्ने किसिमका निबन्धहरुको सङ्कलन गरिएको हुँदा ‘सुनसान यात्रा’ सम्पूर्ण उमेर समूहका साहित्यानुरागीहरुको लागि रुचिकर साहित्यक खुराक बन्नेमा विश्वस्त छु । कास म प्रेमार्द गीतको मझेरीमा आफुले चाहे...